कोरला नाका खोल्ने विषयमा गण्डकी प्रदेश र चिनियाँ प्रतिनिधिमण्डलबीच छलफल

डिसी नेपाल
१९ साउन २०७६ ११:३८

पोखरा । चीनसँगको कोरला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनियाँ प्रतिनिधि मण्डलबीच आइतबार पोखरामा छलफल भएको छ ।प्राध्यपाक वाइ ड्यूङ लिउको नेतृत्वमा रहेको चिनियाँ टोलीले कोरला नाका खोल्न सम्भावाना र प्रदेश सरकारको धारणाबारे भेटमा जिज्ञासा राखेका थिए।

नाका खुलेपछि हुने आर्थिक र धार्मिक गतिविधि वृद्धिको सम्भावनाका बारेमा समेत टोलीले चासो राखेका थिए । जवाफमा प्रदेश प्रतिनिधि मण्डलको नेतृत्व गरेका भौतिक पुर्वाधार मन्त्री राम शरण बस्नेतले नाका खोल्न प्रदेश सरकार तत्पर रहेको र संघ सरकारलाई अनुरोध पठाई सकिएको जानकारी गराएका थिए।

साथै उनले नाका खोल्न सकिए व्यापारिक, धार्मिक र बहुपक्षीय रुपमा दुवै देशले फाइदा लिन सक्नेतर्फ चिनियाँ पक्षको ध्यानाकर्षण गराएका थिए । यो नाकामा बाटोको ट्रयाक बनिसकेको र भौगोलिक रुपमा काठमाडौँ र लुम्बिनीसँग नजिक रहेकोले यसले व्यापारिक र धार्मिक रुपमा फाइदा पुग्ने उनको भनाई थियो ।

चिनियाँ प्रतिनिधि मण्डल प्रमुख प्राध्यापक लिउले आफुँहरु समेत कोराला नाका खोल्ने प्रक्रिया अगाडि बढाउन इच्छुक रहेको र नेपाली पक्षले सहमत भएमा चाँडै विस्तृत सम्भाव्यता अध्ययन गर्ने बताए । छलफलमा प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्मा पौडेलले यो नाकाबाट सबैभन्दा छोटो दूरीमा भारतीय नाकासँग समेत जोडिने भएकोले यसले त्रिदेशीय व्यापारिक गतिविधिलाई बढाउन मदत गर्ने बताए ।

मुस्ताङ जिल्लामा पर्ने कोराला नाका खुलाउन सकिए यो चीनसँगको व्यापार आदानप्रदानका लागि सहज हुने भन्दै गण्डकी प्रदेशले यो नाका खोल्न केन्द्र सरकारलाई आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *