लायन्स क्लव अफ काठमाडौं अल्पाइनको सक्रियतामा सरसफाई

डिसी नेपाल
१९ साउन २०७६ १७:४६

काठमाडौं। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं अल्पाइनले राजधानी काठमाडौंमा सरसफाई अभियान शुरु गरेको छ । लायन्स ब्राण्डिङ साप्ताहिक सडक सरसफाई कार्यक्रम नाम दिइएको अभियान शुरु गरिएको लायन्स क्लब अफ काठमाडौं अल्पाइनका प्रेसिडेन्ट ध्रुब तारा पोखरेलले जानकारी दिए।

शनिबार शुरु भएको कार्यक्रममा पिंगलास्थानदेखि पुरानोबानेश्वरसम्मका सडक तथा फुटपाथ सरसफाई गरिएको थियो ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ए१ का वर्तमान डिस्ट्रिक गभर्नर लायन इन्द्र खत्री राजन, इमिडेट पास्ट डिस्ट्रिक्ट गभर्नर अनन्त भेटुवाल, फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ ,लायन्स क्लब अफ काठमाडौं अल्पाइनका प्रेसिडेन्ट ध्रुब पोखरेलले संयुक्त रुपमा उक्त कार्यक्रमको  आरम्भ गरेका थिए। कार्यक्रममा महानगरीय प्रहरी वृत गौशालाका प्रहरीहरु, विजय चोक युथ क्लबका पदाधिकारीहरु, सहित लायन्स सदस्यहरुको सहभागिता थियो।

सरसफाई सँगै जनचेनता अभिवृद्धिका कार्यक्रम पनि जारी रहने लायन्स क्लब अफ काठमाडौं अल्पाइनले जनाएको छ । लायन्स क्लब विश्वमा नै सामाजिक कार्यको लागि अग्रणी स्थानमा रहेको र नेपालमा पनि लायन्स क्लबले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको संस्थाका प्रेसिडेन्ट पोखरेलले बताए । उनले प्रत्येक शनिबार सरसफाई गर्ने कार्यक्रम अन्तर्गत आगामी शनिबार बिहान ७ बजे नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंह दरवार परिसर तथा सडक पेटी सरसफाई गरिने जानकारी पनि दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *