पोखराका नाग मन्दिर र घरघरमा नागको पूजा

डिसी नेपाल
२० साउन २०७६ ८:३५

पोखरा । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ। आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन्। घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेकोछ।

प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ।

आजको दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मान्ने प्रचलन छ । नाग पञ्चमीका दिन नागका अष्टकुलका रुपमा लिइने अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा सर्पादी भय नहुने, चट्याङ नपर्ने तथा अग्निजन्य भय नहुने विश्वास गरिन्छ।

भूमिमा नाग देवताको बसोवास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले पोखरा र आसपासका क्षेत्रमा नागपञ्चमीका दिन भूमिमा खनजोत नगरिने प्रचलन रहेको स्थानीयवासी गुरुप्रसाद पौडेलले जानकारी दिए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *