बागलुङको लाम्मेलामा पहिरोले घर पुरियो, एक जनाको मृत्यु, २ बेपत्ता

डिसी नेपाल
२० साउन २०७६ ९:०९

बागलुङ । तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन्। गए राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको प्रहरीले जनाएको छ।

पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली र १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम नेपालीले जानकारी दिए। पहिरोमा हराइरहेकाको खोजीकार्य जारी छ । डेढ सय मिटर माथिबाट खसेको पहिरोले पाँच घरमा क्षति पु¥याएको जनाइएको छ।

पहिरोमा परी घाइते भएका छ जनालाई स्थानीय र प्रहरी मिलेर उद्धार गरेका छन्। घाइतेलाई उपचारको लागि अस्पताल पठाउने तयारी भइरहेको छ। थप विवरण आउन बाँकी छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *