छोराछोरीसहित पूर्व युवराज्ञी हिमानी शाह पशुपतिमा, हेर्नुहोस् ८ तस्बिर

डिसी नेपाल
२० साउन २०७६ १२:२२

काठमाडौं । आज साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि काठमाडौँको पशुपतिनाथ लगाएत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। हिन्दू धर्मावलम्बी महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् ।

यसैक्रममा पूर्व युवराज्ञी हिमानी शाह पनि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुगेकी छन् । युवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाह, र छोरी पूर्णिका शाहसँगै पशुपतिनाथ मन्दिरमा दर्शन गर्न गएकी हुन् । हिमानीले २० मिनेट मन्दिर भित्र पूजा आराधना गरेकी थिईन् ।

हिजो आईतबार मात्रै हिमानी शाहले पत्रकार सम्मेलन गरेकी थिईन् । उनको हिमानी ट्रष्टले आयोजना गरेको कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहको हालै प्रकाशित पुस्तक बेचेर दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने जनाएको छ। तस्बिर : आर्यन धिमाल/डिसीनेपाल डटकम




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *