शिवलाई चढाउने शुद्ध जल लिन सुन्दरीजलमा भक्तजनको घुँइचो (फोटोफिचर)
काठमाडौं। आज साउनको तेस्रो सोमबार। पहिलो र दोस्रो भन्दा सुन्दरीजलमा आज जल लिन जाने भक्तजनहरुको उल्लेख्य उपस्थिती थियो। आइतबार राती देखि नै उनीहरु सुन्दरीजलबाट जल ल्याउन थालिसकेका थिए। चावहिल सुन्दरीजल सडकखण्डमा बोलबम भक्तजनहरुको बाक्लो ताती देख्न सकिन्थ्यो।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पूरा हुने विश्वास रहिआएको छ। भक्तजनहरुले हरेक वर्ष साउनको सोमबार सुन्दरी जलबाट जल ल्याउने गर्दछन्। यसरी ल्याइएको जल उनीहरुले पशुपतिनाथ मन्दिरमा आएर चढाउने गर्दछन्। उनीहरु नाङ्गै खुट्टा हिडेर सुन्दरीजलबाट पानी ल्याई पशुपतिसम्म पुग्दनछन्।






















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment