बागलुङमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध
(फाईल तस्बिर रासस)
बागलुङ । गलकोट नगरपालिका–११ रिघा, फेँदीमा आज बिहान खसेको पहिरोले मध्यपहाडी (पुष्पलाल)लोकमार्ग अवरुद्ध बनेको छ। पहिरोले जिल्लाको पश्चिम भेगको यातायात सेवा प्रभावित बनेको छ।
लोकमार्ग खुलाउन प्रयास भइरहेको वडाध्यक्ष डम्बर श्रीसले बताए । “हटियाबाट डोजर आउँदैछ, डेढ/दुई घण्टामै लोकमार्ग सञ्चालन हुन्छ”, उनले भने । पहिरोले अवरोध सिर्जना गरेपछि लोकमार्ग हुँदै लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधन बीचमै रोकिएका छन्।
उता, बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा तुरतुरेमा बाढीले लोकमार्गमा क्षति पुर्याएपछि सोमबारदेखि नै यातायात सेवा प्रभावित बनेको छ। त्यहाँ वैकल्पिक सडक सञ्चालनका लागि तयारी भइरहेको छ। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment