नेपाली चलचित्र छिरिङ अमेरिकामा प्रदर्शन हुने
अमेरिका । नेपाली कथानक चलचित्र छिरिङ अव अमेरिकामा प्रदर्शन हुने भएको छ।
अमेरिकाको भर्जिनियामा रहेका नेपाली सामाजिक अभियन्ता रोशन पुरीको संयोजकत्व तथा श्याम लामाको व्यवस्थापनमा चलचित्र छिरिङको प्रदर्शन हुन लागेको हो।
आगामी २५ तारिखका दिन पहिलो शो भर्जिनियामा हुने भएको छ। जसको तयारीमा आफूहरू अहोरात्र लागिरहेको रोशन पुरीले जानकारी दिएका छन्।
सुनिल भक्त माथेमाको निर्माण प्रस्तुतिमा रहेको चलचित्र छिरिङ हिमाल पारिको जिल्ला मुस्ताङको कथाको सेरोफेरोमा निर्माण भएको गजबको चलचित्र हो। जसमा लोकप्रिय पपस्टार निमा रुम्बाको विशेष अभिनय रहेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment