औद्योगिक व्यवसायसम्बन्धि विधेयक’ माथि दफावार छलफल सुरु

डिसी नेपाल
२१ साउन २०७६ १५:१४

काठमाडौं। संसदीय समितिमा ‘औद्योगिक व्यवसायसम्बन्धि प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि दफावार छलफल सुरु गरिएको छ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा सो विधेयकमाथिको दफावार छलफल सुरु गरिएको हो।

बैठकमा बोल्दै उद्योग सचिव यामकुमारी खतिवडाले औद्योगिक क्षेत्रको विकास गरी मुलुकको अर्थतन्त्रलाई सवल बनाउने मूल उद्देश्यका साथ सो विधेयक संसदमा पेश गरिएको बताइन्। उनले विधेयकले आयात प्रतिस्थापन गर्ने कामलाई जोड दिएको बताइन्।

विधेयकमा उद्योग दर्ता गर्ने निकायले उद्योग दर्ता नगरेमा उजुरी गर्न पाउने प्रावधान राखिएको छ। त्यसैगरी उद्योग संचालन भएको जानकारी ३० दिन भित्र अनिवार्य रुपमा सम्बन्धित निकायमा गराउनुपर्ने विधेयकमा समावेश गरिएको सचिव खतिवडाले बताए।

बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आवश्यक संशोधन हालेर सो विधेयकलाई समृद्ध बनाउन समितिका सदस्यहरुलाई आग्रह गरे। उनले विधेयकलाई समृद्ध बनाउन सरकारले संसदमा पेश गरेको जनाए। विधेयकको प्रस्तावनामा उद्योग क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्ने पनि उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *