वित्तीय अनुशासन कायम राख्नेगरी काम गर्न लेखा व्यवसायीलाई महालेखा परीक्षकको आग्रह

डिसी नेपाल
२१ साउन २०७६ २०:०६

काठमाडौं । महालेखा परीक्षक टंकमणि शर्माले मुलकमा वित्तीय अनुशासन कायम राख्नेगरी काम गर्न लेखा व्यवसायीहरुलाई सचेत गराएका छन्।

महालेखा परीक्षक शर्माले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउने गरी व्यवसायिक दक्षताका साथ लेखा प्रणालीको व्यवस्था गर्न पनि लेखा व्यवसायीलाई निर्देशन दिए।

नेपाल अडिटर्स एशोसिएशन (अडान)ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा वित्तीय पारदर्शीता कायम गराउन पनि लेखा व्यवसायीहरुले अझै क्रियाशील भएर काम गर्नुपर्ने आवश्यक्ता पनि आंैल्याए।

महालेखा परीक्षक शर्माले लेखा प्रणालीको माध्यमबाट सरकार र निजी क्षेत्र सबैलाई जवाफदेही बनाउन लेखा व्यवसायी सफल हुने विश्वास पनि व्यक्त गरे।

महालेखा परीक्षक शर्माले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउने काममा पनि लेखा व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने पनि स्मरण गराए।

उनले सम्वद्ध पक्षसँग सहकार्य गरेर लेखा प्रणालीलाई व्यवस्थित ढंगले अघि बढाउने आफ्नो दायित्वबाट लेखा व्यवसायीहरु पछि नहटने अपेक्षा गरिएको पनि बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *