चलचित्र ‘लक्का जवान’ निर्माण गर्दै अनसुया श्रेष्ठ

डिसी नेपाल
२१ साउन २०७६ २०:२५
4
Shares

अमेरिका । लामो समयदेखि अमेरिकाका बस्दै आएकी सक्रिय समाजसेवी अनसुया श्रेष्ठ वन्तले ठूलो पर्दाको चलचित्र निर्माण गर्ने भएकी छिन्।

वन्तद्वारा निर्माण गर्न लागिएको चलचित्रको नाम ‘लक्का जवान’ राखिएको छ। काठमाडौंमा आयोजित एक समारोहका साथ सो चलचित्रको घोषणा गरिएको थियो। जुन फिल्ममा हास्य कलाकार शिबहरि पौडेलको लेखन तथा निर्देशन रहने छ।

अमेरिकाको बाल्टिमोरमा बिगत लामो समयदेखि बस्दै आएकी कलाकार वन्त, यहाँको स्थानीय संस्था बानाकी निबर्तमान अध्यक्ष हुन्। यहि भाद्र २ गते बिशेष समारोहका साथ शुभ मूहर्त गर्न लागिएको ‘लक्का जवान’को भाद्र ४ गतेबाट नेपालका बिभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिने भएको छ।

साथै चैत्र ७ गतेबाट नेपालका बिभिन्न हलहरुमा प्रदर्शन गरिने भएको छ। त्यस्तै अमेरिकामा सयौ नेपाली कलाकारहरु तथा नेपालीहरुका अभिभावकको भूमिकामा रहेका ध्रुव वन्तले यो चलचित्रलाई प्रस्तुत गरेका छन्।

मनोरञ्जनकै क्षेत्रमा सक्रिय ध्रुव वन्त अमेरिका आएका पहिलो नेपाली कलाकार हुन्। जो एकेडेमीमा डान्सरको रुपमा प्रसिद्ध थिए। आमा बंगलामुखी को ब्यानरमा निर्माण हुन लागेको हाँस्यप्रधान चलचित्र लक्का जवानमा नायक दिलिप रायमाझी, सरोज खनाल, नायिका प्रियंका कार्की, बर्षा सिवाकोटीलगायत शिबहरी पौडेल, राजाराम पौडेल, किरण केसी, सलोन बस्नेत आदि कलाकारहरुको अभिनय रहने छ।

साथै निर्मात्री अनु श्रेष्ठको समेत सम्क्षिप्त तर महत्वपूर्ण भूमिकामा अभिनय रहनेछ। त्यस्तै सु–प्रसिद्द छायांकार पुरुषोत्तम प्रधानले यो फिल्मलाई खिच्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *