अब ६५ वर्ष नाघेका व्यक्ति बैंकको सिइओ बन्न नपाउने

डिसी नेपाल
२१ साउन २०७६ २०:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको उमेरहद तोकेको छ।

राष्ट्र बैंकको निर्देशनअनुसार ६५ वर्ष नाघेका व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिृकत (सिइओ) पदमा नियुक्त वा पुनः नियुक्त हुन योग्य हुने छैनन्। यस्तै ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी पदमा वहाल रहन पाउने छैनन्।

यस्तै ७० वर्ष नाघेको व्यक्ति इजाजप्राप्त संस्थाको सञ्चालकमा नियुक्त वा पुनःनियुक्त तथा मनोनित हुन योग्य नहुने व्यवस्था गरिएको छ। साथै ७४ वर्ष नाघेको व्यक्ति सञ्चालक पदमा वहाल हुन नसक्ने व्यवस्था गरिएको छ।

सो व्यवस्थापछि हाल केही बैंक तथा वित्तीय संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत वा अध्यक्षले आफ्नो पदबाट अनिवार्य रुपमा अवकाश लिनुपर्ने भएको छ।

बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने वा प्राप्ती प्रक्रियामा संलग्न भई २०७७ असार मसान्तभित्र एकीकृत कारोबार गरेमा त्यस्ता संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारीको हकमा उक्त व्यवस्था लागू नहुने केन्द्रीय बैंकको एकीकृत निर्देशनमा उल्लेख छ।

यस्तै केन्द्रीय बैंकले वाणिज्य बैंकहरुले आफ्नो चुक्तापूँजीको न्यूनतम् २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्थालाई बाध्यकारी रुपमा कार्यान्वयन गर्न निर्देशन गरेको छ। हाल वाणिज्य बैंकहरुको चुक्तापूँजी रु आठ अर्ब छ ।

वाणिज्य बैंकहरुले एकआपसमा गाभ्नेरगाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७७ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा २०७८ असार मसान्तभित्र उक्त ऋणपत्र जारी गरेको अवस्थामा कुनै कारबाही नगरिने केन्द्रीय बैंकले प्रष्ट पारेको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *