८ लाख घुससहित रंगेहात पक्राउ परेका प्रा.डा. रौनियार ४८ लाख धरौटीमा छुटे

डिसी नेपाल
२१ साउन २०७६ २०:५३

काठमाडौं। ८ लाख घुससहित रंगेहात पक्राउ परेका बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राडा राजकुमार रौनियार धरौटीमा छुटेका छन्। उनी ४८ लाख धरौटी राखेर मंगलबार छुटेका हुन्।

रौनियारसँगै पक्राउ परेका अर्का व्यक्ति डा। रामहरि रौनियारपनि ४ लाख धरौटीमा छुटेका छन्। उनीहरुलाई विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।

यसअघि २६ असारमा दुवैजनालाई धरानस्थित उपकुलपति निवासबाट ८ लाख घुससहित रंगेहात पक्राउ गरिएको थियो।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राडा राजकुमार रौनियारसहित दुईजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रतिष्ठानको होस्टल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिएको श्यामसुन्दर निर्माण सेवाप्रालिसँग सव कन्ट्याक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग रौनियाद्वयले भवन निर्माणको रकमको भुक्तानी दिँदा घुस मागेका थिए। आयोगका अनुसार प्राडा रौनियारले पटक–पटक गरी एक करोड २८ लाख घुस लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *