बानाले अमेरिकामा ‘सडक महोत्सव’ आयोजना गर्दै

डिसी नेपाल
२२ साउन २०७६ ०:३४

मेरिल्यान्ड राज्यको सुन्दर नगरी बाल्टिमोरका नेपालीहरुको अग्रणी सस्था ‘बाना’ले भब्यताका साथ ‘सडक महोत्सव’ गर्ने भएको छ।

सेप्टेम्बर २२ तारिख २०१९ आइतबारका दिन सम्पन्न हुने सडक महोत्सव नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० प्रवर्दन गर्ने उद्देश्य लिएर मनाउने संस्थाका अध्यक्ष सुबोध बिलाश पन्तले डिसीनेपाललाई जानकारी दिए।

पन्तका अनुसार यो पटकको सडक महोत्सवमा नौमती बाजा, झाँकी, देउडा, लाखे, बिभिन्न जात–जातिका भेषभूषा, नृत्यलगायत नेपाली संस्कृति झल्किने बिबिध प्रस्तुतिहरू हुनेछन्।

महोत्सवलाई सफलतापूर्बक सम्पन्न गर्न बानाका अध्यक्षको संयोजकत्वमा महाबाणिज्य दुत, पर्यटन दुत, मेरिल्यान्डमा क्रियाशिल संघ–संस्थाका प्रतिनिधि, पूर्व अध्यक्षहरू, मेरिल्याण्डमा रहेका NRNA, NRNA ICC केन्द्रीय सदस्य, बानाका सल्लाहकार, ट्रष्टि पदाधिकारी, व्यापारी, समाजसेवीलगायत बिभिन्न क्षेत्रका महानुभावहरू सम्मिलित १०१ सदस्सीय सडक महोत्सब मूल आयोजक समिति गठन गरिएको छ।

यस सस्थाले बिगत केहि वर्षहरु अघिदेखि सडक महोत्सब गर्दै, नेपाली कला, संस्कृति, भेषभूषा, नेपाली खाना आदिको प्रचार प्रसार गर्दै आइरहेको छ।

बानाद्वारा जारी गरिएको बिज्ञप्ती मार्फत 400 Washington ave, Towson, 21204, MD मा आयोजना गरिने यो महोत्सवमा उपस्थित भईदिनुहुन यस क्षेत्रका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *