खाना पकाउने ग्यासको भाउ घट्यो

डिसी नेपाल
२२ साउन २०७६ ८:०१
828
Shares

काठमाडौं। लामो समयपछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजेदखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार निगमले ग्यासको मूल्य घटाएको हो।

यसअघि खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सलिण्डर एक हजार ४ सय रुपैयाँ थियो। अब उपभोक्ताले प्रति सिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँमा खरिद गर्न पाउने छन्। यसैगरी, निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ। यसैगरि, डिजेल र मट्टितेलको भाउ प्रति लिटर ५० पैसाले वृद्धि भएको छ।

निगमले निर्धारण गरेको स्वचालित मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर एकसय ९ रुपैयाँ, डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रति लिटर ९७ रुपैयाँ भएको छ । हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य अनुसार इन्धनको मूल्य समायोजन गरिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *