राेचक सुषमा स्वराजको प्रेम कहानी

डिसी नेपाल
२२ साउन २०७६ ९:५०

काठमाडौं। भारतीय पूर्व विदेश मन्त्री सुषमा स्वराजको निधनले धेरैलाई स्तब्ध बनाएको छ। हरियाणामा जन्मिएी सुषमा स्वराजले भारतीय राजनीतिमा यस्तो आयाम स्थापित गरिन् जसको सबैले प्रसंसा गरेका छन्। आज हामी सुषमा सँग सम्बन्धित बाहिर नआएका विषयमा जानकारी दिन गइरहेका छौं।

सुषमाको जन्म १४ फेब्रुअरी १९५२ मा हरियाणको अंबालामा भएको थियो। सुषमा निकै शानदार व्यक्तित्वकी धनी थिइन्। उनको अध्ययन चण्डीगढस्थित पंजाब विश्वविद्यालयमा भएको थियो। अध्ययनका क्रममा उनको भेट युवा वकिलसँग भयो। सुषमाले त्यो बेला प्रेम विवाह गरेकी थिइन्। जतिबेला युवतीलाई घरबाट बाहिर निस्किन पनि समस्या पथ्र्यो। सुषमाका आमा बुवा विवाह गर्न तयार थिएनन्।

सुषमा स्वराजका श्रीमानको नाम स्वराज कौशल हो। १३ जुलाई १९७५ मा उनीहरुबीच विवाह भएको थियो। सुषमाका श्रीमान चर्चित वकिल हुन्। कौशललाई ३४ वर्षको उमेरमा देशका सबैभन्दा युवा एडभोकेट जनरल बनाइएको थियो। स्वराज कौशल ३७ वर्षको उमेरमा मिजोरमका गभर्नर पनि बनेका थिए। १९९० देखि १९९३ सम्म गभर्नर बनेका थिए। सुषमा र स्वराजको प्रेम कहानी पंजाब विश्वविद्यालय चण्डीगढको कानुन विभागबाट सुरु भएको थियो।

त्यहाँ दुवै जना पहिलो पटक भेटेका थिए। त्यसपछि भेट्ने क्रम बाक्लियो र उनीहरुबीच प्रेम हुन थाल्यो। त्यसपछि उनीहरुले विवाह गर्ने निर्णय गरे। उनीहरुबीच विवाह गर्न दुवै परिवार तयार थिएनन्। त्यो यस्तो समय थियो, जतिबेला छोरीलाई पर्दा पछाडि राखिन्थ्यो। प्रेम विवाह गर्नु त टाढाको कुरा, उनीहरुलाई बेहुलाको अनुहारसम्म हेर्ने अनुमति हुँदैन थियो।

तर सुषमा स्वराजले हिम्मत देखाइन् अनि परिवारलाई मनाएर विवाह गरिन्। उनी २५ वर्षको उमेरमा हरियाणाको क्याबिनेट मन्त्री बनिन्। सुषमाकी एक छोरी छन् बाँसुरी जो वकिल छिन्। उनले अक्सफोर्ड युनिभर्सिटीबाट ग्रेजुएशन गरेकी छन्। सुषमाका श्रीमान स्वराज कौशल १९९८ देखि २००४ सम्म हरियाणाबाट राज्यसभा सांसद पनि भइसकेका छन्। सुषमालाई धरै भाषाको पनि ज्ञान थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *