मलेसियामा तीज विशेष कार्यक्रम हुने

डिसी नेपाल
२२ साउन २०७६ ११:४९

मलेसिया । नेपाली कलाकार संघ मलेसियाको आयोजनामा मलेसियास्थित केलाङ चौतारी रेष्टुरेन्ट केलाङमा यहि अगष्ट १८ तारिखमा तीज विशेष कार्यक्रम हुने भएको छ।

कार्यक्रममा नेपाली कलाकार संघ मलेसियाका कलाकारहरु, टाईगर डान्स टाईगर कमेडि ग्रुपको साथै अन्य कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ।

प्रस्तुतीहरु मध्ये नृत्य र गायन विधामा उत्कृष्ट एक एक जनालाई आयोजकको तर्फबाट ट्रफि प्रदान गरि सम्मान प्रदान गर्ने कार्यक्रम संयोजक डिएस थापाले जानकारी दिए ।

यस कार्यक्रमको संयोजन डिएस थापा र पुजा योञ्जनले गरेका छन् । त्यस्तै फुर्बा दोर्जे मोक्तान तामाङ, राजु श्रेष्ठ, बिष महरा र भेसराज बस्नेतले सहयोगीको भूमिका निर्वाह गरिरहेका छन् ।

‘मलेसियामा रहेका नेपाली कलाकारहरु एक हौँ, नेपाली मौलिक गीत संगितको संरक्षण गरौँ’ भन्ने मुल नाराकासाथ केही महिना पहिले नेपाल कलाकार संघ मलेसिया स्थापना भएको थियो । तीज विशेष कार्यक्रम संघको पहिलो प्रस्तुति हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *