पर्यटन मन्त्री भट्टराईको ‘फ्लाईङ स्कुल’ योजना

डिसी नेपाल
२२ साउन २०७६ १३:५६

काठमाडौं। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उडड्यन विद्यालय (फ्लाईङ स्कुल) स्थापना गर्ने नयाँ योजना सार्वजनिक गरेका छन्।

मन्त्री भट्टराईले देश भित्रै पाईलटहरु उत्पादन गर्न र उनीहरुलाई आवश्यक ट्रेनिङको व्यवस्था गर्न सो विद्यालय स्थापना गर्ने योजना आफूले तय गरेको जानकारी दिए।

बुधबार आफ्नै मन्त्रालयमा संचारकर्मीहरुमाझ उनले ५० लाखभन्दा बढी खर्च गरेर पाईलट पढन विदेश जानुपर्ने अवस्था रहेको स्मरण गराउँदै सो भन्दा कम खर्चमै देश भित्रै पाईलट अध्ययनको व्यवस्था गर्न पनि सो विद्यालय स्थापना गर्ने सोच बनाउनु परेको जनाए।

त्यसका लागि सरकारले केही लगानी गर्ने र अन्य लगानी वायु सेवा कम्पनीहरुबाट जुटाउने मन्त्री भट्टराईको योजना छ। मन्त्री भट्टराईले वायु सेवा कम्पनीहरुलाई पनि पाईलट चाहिने भएकाले उनीहरुले पनि सो विद्यालयमा लगानी गर्ने विश्वास व्यक्त गरे। मन्त्री भट्टराईले सो विद्यालय स्थापनासम्बन्धि विस्तृत योजना केही दिन भित्रै ल्याउने घोषणा गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *