जापानको टोकियोमा ‘तीज धमाका’ हुने

डिसी नेपाल
२२ साउन २०७६ १८:०३

टोकियो । हिन्दु नारीहरूको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले ‘तेश्रो नवलपरासी तीज धमाका’ कार्यक्रम गर्ने घोषणा गरेको छ ।

समाजले आगामी अगष्ट २६ तारिखका दिन टोकियोको नाकानो जिरो हलमा तीज विशेष कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रममा धमाका मच्चाउन लागि  नेपालबाट लोक तथा दोहोरी गायिकाहरू सम्झना लामिछाने मगर ,सुनिता दुलाल टोकियो आउने भएका छन् ।

त्यसैगरी जापानमा रहेर संगित क्षेत्रमा लागिपरेका कलाकारहरू गायक सूर्य खड्का ,सुशील ज्ञवाली, चेतन घर्ती ,समुन्द्र राज पौडेल, गायिका सोना केसी, निशा क्षेत्रीको पनि कार्यक्रममा प्रस्तुती  रहने समाजले जनाएको छ ।

टोकियोमा रहेका नेपाली समुदायलाई कार्यक्रममा सहभागिताका लागि  कार्यक्रम संयोजक गीता कँडेलले अनुरोध गरेकी छन् ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *