नेपाली रेडियो क्यालगरिद्वारा बालबालीकाहरूको विकास सम्बन्धि जानकारीमूलक कार्यक्रम

डिसी नेपाल
२२ साउन २०७६ २२:१८

क्यानाडा । नेपाली रेडियो क्याल्गरीले यो हप्ता बालबालिकाहरूमा देखा पर्नै ASD, ADHD र SLD सम्बन्धि जानकारीमूलक कार्यक्रम प्रस्तुत गऱ्यो।

कार्यक्रममा Autism Spectrum Disorder (ASD), Attention Deficit Hyperactivity Disorder (ADHD) र Speech Language Delay (SLD) लाई समेट्ने कोसिश गरिएको थियो। ADHD, ASD र SLD भनेको के हो, यसका प्रारम्भिक लक्षणहरू कस्ता हुन्छन्?, Diagnosis कसरी गरिन्छ? यस सम्बन्धि Canadian Government बाट के-कस्ता सेवाहरू तथा स्रोतहरू उपलब्ध गरिन्छ? ती सुविधाहरू कसरी प्राप्त गर्नै भन्ने प्रश्नहरुमा चर्चा गरियो। यस अवस्थामा रहेका बच्चाहरूलाई परिवारले कसरी मद्दत गर्न सक्छन भन्ने जस्ता वास्तविक जानकारीहरू बारे चर्चा गरिएको थियो।

कार्यक्रममा अतिथि वक्ताको रुपमा रुची कोईराला र CNCA का महासचिव विकास ढुङ्गेल थिए। रुची कोईरालाले Speech Language Pathology र Audiology मा स्नातक गरेकी छिन र विगत केहि वर्षदेखि नेपालमा Speech Language Pathologist को रूपमा काम गरेकी थिइन । उनी हाल SLPA को रूपमा काम गर्दै आएकी छिन र SLP को Licensing Process मा पनि छिन । त्यसको साथै Government of Alberta को FSCD (Family Support for Children with Disabilities, कार्यक्रमको Developmental Behavioural Aide (DBA) मा रहेर ADHD, ASD, Speech Delay भएका बच्चाहरूसँग काम गर्दै आएकी छिन।

अर्को अतिथि थिए विकास ढुंगेल। उनी पेशाले Electrical Contractor हुन् र उनी Calgary Nepalese Community Association (CNCA) को General Secretary पनि हुन् भने ADHD, ASD जस्ता समस्या भएका बालबालिका तथा अविभावकको हकमा Advocacy गर्छन्। त्यसैले कार्यक्रममा उनीलाई अनुभवी अभिभावकको रूपमा परिचय दिईएको थियो किनभने उनको ६ वर्षको छोरामा ASD र ADHD रहेको छ।

कार्यक्रम प्रोड्यूसर लक्ष्मी लम्साल खनाल र शर्मिला रानाभाटले ASD, ADHD, SLD सम्बन्धि विभिन्न प्रस्नहरूलाई केलाउँदै यस्ता विशेष आवश्यकता हुने बालबालिकाहरु लाई अभिभावकले कसरी सहयोग पुर्याउन सकिएला? भन्ने विषयमा केन्द्रित रहेर कार्यक्रम प्रस्तुत गरियो।

कार्यक्रम संयोजक कुसुम ज्ञवालीले ADHD, SLD जस्ता समस्या भएका दर्शक स्रोताले अनुरोध गरेकाले सो कार्यक्रम गरिएको हो, यो कार्यक्रमको अर्को भाग अक्टोवर महिनामा प्रसारण गरिने छ। बालबालिकाको स्वास्थ्य र मानसिक बौद्धिक विकासमा केन्द्रित कार्यक्रम आगामी कार्यक्रमहरूमा पनि छलफल गरिने जानकारी गराएका थिए।

कार्यक्रममा प्राविधिक रूपमा सहयोग गर्न सर्वण गिरी, अभिशेक भण्डारी रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *