जापानमा पहिलो पटक तीज फेस्टिवल आयोजना हुँदै
टोकियो, जापान । एनआरएनए जापान र माईती नेपालको संयुक्त रुपमा स्थापना गरिएको महिला हिंसा तथा चेलिबेटी बेचविखन बिरुद्धको अभियानमा विशेष सहयोगार्थ एनआरएनए जापान र डेस्टेनी क्रियसनको संयुक्त आयोजनामा जापानमा पहिलो पटक खुल्ला तीज फेस्टिवल गर्ने भएको छ।
नेपाल राष्ट्रिय लोक दोहोरो प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनी, लुट कान्छा लुटका गायक पशुपति शर्मा, लोक गायिक सम्झना भण्डारी, प्रताप दास, रमेश राज भट्टाराई, मन्जु पौडेलले यही से
टोकियो टावर नजिक क्जष्खब उबचप मा डेस्टीनी किरियसन र एनआरएनए जापानले संयुक्त आयोजनामा यो तीज विशेष कार्यक्रम आयोजना हुन लागेको डेस्टीनी क्रियसनकी खत्रीले जानकारी दिइन्। नेपाली नारीको महान चाड तीजको विशेष अबसर पारेर पार्कमै तीज विशेष कार्यक्रम हुन लागेको जापानमा यो पहिलो पटक हो।
पछिल्लो समय नेपालीहरुको संख्या बढेसंगै जापानमा बिभिन्न कार्यक्रमहरु हुँदै आईरहेका छन्। जसमा नेपालीको संख्या उलेख्य हुने गरेको छ। यसरी पार्कमा तीज फेस्टिवल हुनु नेपाली नारीको लागि अत्यन्त खुसीको कुरा भएको डेस्टीनी क्रियसनले जनाएको छ। योबाट उठेको रकम चेलीबेटी बेचबिखन बिरुद्दको अभियानमा खर्च गरिने डेस्टीनी क्रियसनकी खत्रीले बताइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment