सुषमा स्वराजको निधनको खबरले सम्हालिन सकेनन् धर्मेन्द्र

डिसी नेपाल
२३ साउन २०७६ ८:२६

मुम्बई। मुम्बई। भाजपा नेता एवं पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधनमा बलिउड अभिनेता धर्मेन्द्र निकै भावुक बनेका छन्। उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्–अडानी भनेर मलाइ अंकमाल गर्थिइन्। सुषमाजी भारतकी महान नेता, मेरी सानी बहिनी। धेरै सम्झना आउनेछ। भगवानले तपाइँको आत्मालाई शान्ति दिउन्।’

मगलबार राति हृदयघात भएपछि ६७ वर्षको उमेरमा सुषमाको निधन भएको थियो।

धर्मेन्द्रकी पत्नी अभिनेत्री एवं भाजपा नेत्री हेमा मालिनीले पनि सुषमालाई सम्झेकी छन्। उनले लेखेकी छन्–सुषमाजीले सधैं मेरो नृत्य विशेष गरी मेरो ‘गंगा’ को प्रस्तुतीलाई निकै मन पराउनु भयो। जसका विषयमा उहाँ सार्वजनिक रुपमा उत्साहसँग कुरा गर्नुहुन्थ्यो। उहाँ एक सुन्दर महिला हुनुहुन्थ्यो। उहाँले क्याबिनेटमा एक मन्त्रीका रुपमा निकै राम्रो काम गर्नु भयो। जहाँ उहाँ पुरुषहरुबाट घेरिनुहुन्थ्यो। तपाइँ सधैं सम्झनामा आउनुहुन्छ।’


अक्षय कुमारले सुषमा स्वराजलाई श्रद्धान्जलि दिँदै लेखेका छन्–सुषमा स्वराजको निधनको खबर सुनेर निकै दुखी छु। उहाँ डाइनामिक नेत्री हुनुहुन्थ्यो। यस्ती महिला हुनुहुन्थ्यो, जसको सम्मान र तारिफ सबैले गर्थे। मेरो भावना र प्रार्थना उनको परिवारको साथमा छ। भगवानले उनको आत्मालाई शान्ति दिउन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *