हुलाक बचत बैंकमा पाँच करोड निक्षेप जम्मा
बारा । बारा जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बैँकमा आर्थिक वर्ष २०७५/७६ मा कूल रु पाँच करोड ३५ लाख ३८ हजार ३०१ निक्षेप जम्मा भएको छ।
यस वर्ष मात्र एक हजार ३२२ ग्राहकले रु चार करोड ६७ लाख पाँच हजार ३०२ निक्षेप जम्मा गरेकामा सोको ब्याज रु चार लाख तीन हजार ९५१ र गत वर्षको निक्षेप रु ६४ लाख २९ हजार ५७ समेत गरी कूल पाँच करोड ३५ लाख ३८ लाख ३०१ मध्ये निक्षेपकर्ताले रु चार करोड ८६ लाख ३० हजार ५६३ झिकेको र बाँकी ४९ लाख सात हजार ७४७ हुलाक कार्यालयको कूल सम्पत्ति रहेको कार्यालय प्रमुख सुरेन्द्र यादवले जानकारी दिए।
आर्थिक वर्ष २०७५÷७६ मा हुलाक बचत बैंकले ४३ ग्राहकलाई रु ७० लाख २८ हजार ३०३ ऋण लगानी गरेको र २०७६ असार मसान्तसम्म आठ लाख २९ हजार ४४७ मौज्दात रहेकामा रु ३० लाख ५० हजार ३६८ हुलाकको केन्द्रीय चल्ती खातामा जम्मा रहेको प्रमुख यादवले बताए । रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment