कुवेतमा सवारी दुर्घटनामा परेर दुई नेपाली युवाको निधन

डिसी नेपाल
२३ साउन २०७६ ११:४७

कुवेत। कुवेतमा दुई जना नेपाली युवाको निधन भएको छ । सवारी दुर्घटनामा परी बुधवार  कुवेतको केजिएल  कम्पनीमा कार्यरत दाङका शेर बहादुर मल्ल र काभ्रेका गोकर्ण घिमिरेको ज्यान गएको हो ।

सोही कम्पनीमा कार्यरत मृतकहरुका साथी मोहन पौडेलले बताएअनुसार काम सकेर कुवेतको फाहाहिलबाट बस्ने ठाउँ फर्वा्िनया फर्किने क्रममा रोड नं–५१ मा बिहान करिब १० बजे उनीहरु दुर्घटनामा परेका थिए ।उनीहरु चढेको गाडीको चक्का पड्किएर इमर्जेन्सी लेनमा  पार्किङ गरि बाहिर निसक्ने क्रममा विपरित दिशाबाट आएको ठूलो गाडीले उनीहरुलार्इ लतारेको थियो ।

दुर्घटनामा काभ्रेका घिमिरेको घटनास्थलमै र दाङका मल्लको फर्वा्निया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

त्यस्तै दुर्घटनामा भिमबहादुर तामाङ सामान्य घाइते भएका छन् । उपचारपछि अस्पतालले उनलाई अस्पतालले डिस्चार्ज गरि सकेको छ ।

तक मल्ल र घिमिरे उक्त कम्पनीमा सवारी चालकका रुपमा कार्यरत थिए।

घटनाको बारेमा नेपाली राजदूतावास कुवेतले फर्वा्निया अस्पतालमा प्रतिनिधि पठाएर  जानकारी लिई सकेको जनाएको छ। दूतावासकी द्वित्तीय सचिव जानकी ओझाका अनुसार, मृतकहरूको शव पठाउने तथा दुर्घटना बिमा लगायत अन्य कानुनी प्रकृयाको लागि दूतावासले काम गरिसकेको बताएकी छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *