सगून सम्बन्धी केही महत्वपूर्ण जानकारी

डिसी नेपाल
२३ साउन २०७६ १३:३२

१) सगून के हो ?

सगुन (www.sagoon.com) अमेरिकामादर्ता भएको सोसियल कमर्श साइट हो जसमा सोसियल मिडिया र इकमर्श दुवैको सुविधा एउटै प्लाट फर्ममा उपलब्ध हुनेछ । ‘Building a Rewarding Life through the Innovative Social Path: Connect. Share. Earn’ ध्येय  (Mission) रहेको छ । अमेरिकी सेक्युरिटी एक्सचेञ्ज कमिशन (US Security Exchange Commission – SEC) बाट स्विकृत प्राप्त गरी मिनिआइपीओ लगायतविभिन्न चरणमा विश्वभरीबाट सर्वसाधारणहरुबाट लगानीको अवसर खुल्ला गरेको थियो । हाल सगूनमा Private Placement मार्फत लगानीको अवसर खुल्ला रहेको छ ।

२) Private Placement के हो र यसमा कसरी लगानी गर्ने ?

सन २०१२ मा ‘जब्स एक्ट’ को प्रावधान शुरु हुनुभन्दा अगाडि स्टार्ट अप कम्पनीमा सर्वसाधारणहरुले लगानी गर्ने अवसर थिएन । यस भन्दा अगाडि ‘इनोभेटिभ आइडिया’ सहित स्थापना भएका शुरुवाती अवस्थाका कम्पनीहरुमा धेरै आम्दानीहुने वा ठूला कम्पनीहरुले मात्रलगानी गर्न पाउने व्यवस्थाथियो ।

यहि कुरालाई मध्यनजर गरेर जब्स एक्ट ल्याइएको पाइन्छ । जसको प्रावधान अनुसार ठूला कम्पनीहरु शेयर बजारमा प्रवेश गर्दा पुरा गर्नुपर्ने सबै प्रावधान पुरा गर्नुपर्ने तर शेयर बजारमा नगइ कम्पनीको स्वामित्व शेयर (इक्युटी शेयर) विक्री गरि सर्वसाधारण लगानी कर्ताहरुबाट कम्पनीले आवश्यक रकम जम्मा गर्न पाउँछन् ‘मिनीआइपीओ’ र Private Placement मार्फत । सगूनको सन्दर्भमा Private Placement मार्फत लगानी गर्ने अवसर Qualified Investor को लागी छोटो समयका लागि हाल उपलब्ध छ । लगानी गर्न इच्छुक व्यक्तिहरुले सगुनसंग सम्पर्क गर्नुपर्ने हुन्छ । सम्पर्क माध्यम यसै जानकारी पत्रको अन्त्यमा उल्लेख गरिएको छ । यस्ता कम्पनीमा लगानी गर्दा जोखिम पनि हुन्छ । तर कम्पनी सफलहुंदाअन्य सफल कम्पनीमा गरेको लगानीबाट प्राप्त हुने प्रतिफल भन्दा यसबाट प्राप्तहुने फाइदा अत्यन्तै धेरै हुने प्रमाणित भइसकेको छ।

Investment close at midnight Aug 12, 2019.

३) स्टार्टअप कम्पनीको शेयर र स्टक मार्केटमा पाइने शेयरमा के फरक छ त ?

सिद्धान्ततः दुबै उस्तै उस्तै हुन् तर यिनीहरुको बीचको तात्विकअन्तर भनेको कम्पनी कुन अवस्था (Stage) मा भएको बेलामा शेयर किन्ने भन्ने मात्र हो। अर्थात Time Factor महत्वपूर्ण मानिन्छ । यसलाई बुझ्न हामीले थाहा भइरहेको फेसबुक कम्पनीको उदाहरण हेरौँ : फेसबुक सन् २००४ तिर स्टार्टअप कम्पनीको हैसियतमा नै थियो । यसको आफनै प्रशस्त लगानी थिएन ।  प्रयोगकर्ता पनिथोरै थिए । अर्थात अहिलेको सगून जस्तै अवस्था थियो । त्यसबेला फेसबुकले आफ्नो शेयर सस्तोमा बेच्थ्यो तर सर्वसाधारण लगानी कर्ताहरुले लगानी गर्न पाउने प्रावधान नै थिएन । सन : २००४ तिर एक डलरमा बेचेको फेसबुकको शेयरको मूल्यअहिले बजारमा १२०० अमेरिकीडलर भन्दा बढी पर्छ । अर्थात त्यहि शेयरलाई टुक्रयार २०१२ देखि फेसबुकले सार्वजनिक रुपमा आइपीओ मार्फत शेयर विक्री गरिरहको छ । अर्थात शेयरको मूल्य शुरुको अवस्थामा जति छिटोछिटो बढछ् , कम्पनी ठूलो हुंदै गएपछि र जोखिम कमहुँदै गएपछि त्यति नै रफतारमा शेयरको मूल्य बढ्दैन । यसरी फेसबुक स्टार्टअप कम्पनीभएको बेलामा शेयर किन्नेहरुले राम्रो आम्दानी गर्न सफल भए ।

सगून अहिले स्टार्टअप कम्पनी हो । त्यसैले यसको शेयर मूल्यपनिकम छ । सगून सफल भएपछि फेसबुकको शुरुका दिनका लगानी कर्ताले १ को १२०० भन्दा बढी प्रतिफल पाए जस्तै सगूनका लगानी कर्ताले पनि प्रतिफल पाउँछन् भन्ने हाम्रो विश्वास छ । यस्तो प्रतिफलको Scale फेसबुकको भन्दा धेरै वाथोरै वा उस्तै कुनै पनि हुनसक्छ ।

स्टार्टअपमा शेयर हाल्न पाइयो र त्यो कम्पनी सफल भयो भने लागनी कर्ताले पाउने प्रतिफल अथाह वा ठूलो धनराशीको हुनसक्छ । तर यो पनि विर्सन हुन्न कि लगानीआफैंमा जोखिम हो । लगानीमा जोखिम र फाइदा सिक्काको दुइवटा पाटा जस्तै भएर संगै हिँड्छन् ।

४) स्टार्ट अपमा कति लगानी गर्ने होला ?

जसले जोखिम मोल्न बढी रुचि राख्छ, उसले अलिक बढी लगानी गर्नसक्छ । जसले कम जोखिम मोल्न चाहन्छ, उसले कमलगानी गर्छ । जोखिम मोल्न नचाहनेहरुका लागि यो टन्टाको विषय नै भएन । तथापी विवेकशीलभएर निर्णय गर्नुपर्दा के भन्न सकिन्छ भने लगानीमा नोक्सान नै भयो भने पनि ठूलो पछुताउ नहुने प्रकारको रकमलगानी गर्नु उपयुक्त हुन्छ।

५) सगूनमा कति लगानी गर्ने होला ? कतिसम्म लगानी गर्न पाइन्छ ? कहिले देखि प्रतिफल पाउन सकिन्छ ?

सगुनमा लगानी गर्ने कुरो माथि भनिए झैँ लगानी कर्ताको आर्थिक क्षमता, जोखिम बहन गर्न सक्ने तत्परता नै मुख्य आधार हुनसक्छ। Private Placement मार्फत हाल सगुनमा न्यूनतम १५,००० (पन्ध्र हजार) अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ ।

६.) सगुनको हालको अवस्था कस्तो छ ? यसका प्रोडक्टहरु कस्ता छन् र भविष्यमा कस्ता आउँदैछन् ?

– Sagoon current value is recommended upto $193 Millions.

– SAGOON LITE app, google play store,apple store, desktop version /mobile web version मा उपलब्ध छ।

– ३.२ मिलियनभन्दा बढि सगूनका प्रयोग कर्ताहरु रहेको। ‘सोसियल स्मार्ट कार्ड’ निर्माणको लागि प्राविधिक आधारहरु शुरु भैसकेको।

– विशेषखाले प्रोडक्टहरु पाइपलाइनमा रहेका (Mood talk, My day, Me Page, Sagoon reward coin)

– Blockchain and artificial intelligence technology in progress

– ४.६ मिलियन डलर भन्दा बढि लगानी विश्वभरिका ६४ वटा भन्दा बढि राष्ट्रहरुबाट प्राप्त भएको

– Sagoonlite एपको हालको growth rate 30% भन्दामाथि छ भने returning users 70% भन्दामाथि रहेको छ।

७) Unique current Features in SAGOON LITE

– Posting are categorized by interest-based topics: not available in current social medias.
– User can post and comment, like, unlike as unknown for free to express and without any hesitation and humiliation.
– User can trace how the message travel to the world by country flag and cities.
– Sagoon has discouraged any fake account by phone verification.

८. सगुनमा किन लगानी गर्ने ? 

– किनभनेः Sagoon Lite को Beta Version को शुरुवात भन्दा अगाडिसम्म नै कम्पनीको भ्यालुएसन बढि सकेको र यो नयाँ प्रडक्ट आएपछि कम्पनीको मूल्य अझै बढि सकेको छ । तर कम्पनीले पुरानै मूल्यमा प्राइभेट प्लेसमेन्ट मार्फत लगानीको अवसर प्रदान गरिरहेको ।

– स्टार्ट अप कम्पनीमा लगानी गर्ने अवसर विशेष गरि नेपालीहरुले विगतमा कहिल्यै पनि पाउनसकेका थिएनन् । सगुनले यो अवसर ल्याएको छ ।

– हालसम्म उपलब्धभएका कुनै पनि सामाजिक सञ्जाल र इकमर्शका साइटहरु कुनैले पनिआफ्ना प्रयोग कर्ताहरुलाई कम्पनीले गरेको मुनाफाको हिस्सा प्रदान गर्ने व्यवस्था गरेका छैनन । तर सगुन त्यो पहिलो कम्पनीहुनेछ जसले आफना प्रयोगकर्ताहरुले सगुन प्रयोग गरेबापत कम्पनीलाई दिलाएको फाइदाको ५ प्रतिशत रकम प्रयोगकर्तालाई नै उपलब्ध गराउने योजना राखेको छ। यसलेगर्दा यसको प्रयोगकर्ताहरुको सँख्या बढ्नेहुन्छ । फलस्वरुप हाललगानी गर्ने लगानीकर्ताहरुको शेयरको मूल्य बढ्छ ।

– सगुनले ल्याउन लागेको सोसियल स्मार्ट कार्ड मार्फत हरेक प्रयोगकर्ताले उपहार आदान प्रदान गर्न सक्नेछन् भने सोहि कार्ड मार्फत सामान खरिद पनि गर्न सक्नेछन् । यी कृयाकलापगर्दा तत्कालै छुट पाउने र त्यसबापत कम्पनीलाई हुने फाइदाको निश्चित प्रतिशत प्रयोगकर्तालाई नै उपलब्ध गराउने । यसरी सगुन प्रयोग गर्दा प्रयोगकर्तालाई दोहोरो आर्थिक फाइदा हुनेछ जुनहालसम्म कसैले पनि गरेको छैन ।

– नेपालीले शुरु गरेको सगुनको सफलतासंगै विश्वभर रहेका नेपाली र नेपालको सम्बृद्धि र पहिचानमा बृद्धि हुने ।

– Ecommerce को ठूलो बजार दक्षिण एशियामा रहेको, ठूला कम्पनीहरुले हालसम्म पनि उक्त बजारमा प्रवेश गरिनसकेका तर सगुनले सोहि क्षेत्रलाई आफ्नो आधार क्षेत्र बनाइ Social Gifting Company को रुपमा विश्व बजारमा प्रवेश गर्ने योजना सहित काम शुरु गरिसकेको ।

– Sagoon is integrating Social and E-Commerce together, with unique features that other platforms currently do not provide in the world.

९. स्टार्टअप कम्पनीमा लगानी गर्ने अवसरको सदुपयोग गरौँ !

विगत १० वर्ष देखि २०/२५ वर्षको आइटीको इतिहास हेर्ने हो भने अहिलेका आइटीका ठूलाठूला हस्तीहरु जस्तै : Facebook, Alibaba, Ubar, Google, Twitter, Amazon आदि सबै स्टार्टअपको अवस्थाबाट गुज्रेर आएको थाहा हुन्छ । जब ती स्टार्टअपमा सफलताको सम्भावना देख्न थालियो, ठूलाठूला लगानी कर्ताहरुले अनि धनी बैङ्कहरुले लगानी गरे । फेसबुकमा १ को १२०० बनाउनेहरु तिनै ठूला लागनीकर्ताहरु र बैंकहरु नै थिए । त्यसबाहेक फेसबुकमा काम गर्ने केही कर्मचारी र दुःखका बेला साथदिने साथीभाइ र आफन्तहरु थिए ।

स्टार्टअप कम्पनीमा लगानीबाट हालै लाभान्वित भएका २ वटा उदाहरणहरु ताजा छन् । क्यालिफोर्नियाको एउटा Catholic school ले आफ्नो साथीले शुरु गरेको Snap Chat मा सहयोग स्वरुप US$15,000 लगानी गरेको थियो । जब Snap Chat IPO मा गयो, तब उनले आफ्नो शेयरको ३४ प्रतिशत मात्र विक्री गरेर २४ मिलियन अमेरिकी डलर हातपार्न सफल भयो । त्यस्तै India का आशिष गुप्ताले साथीमार्फत Flipkart मा १० लाख भारतीय रुपैंया लगानी गरेका थिए । केही महिना अघि जब Walmart ले Flipkart संग स्वामित्वको Partnership गर्यो तब आशिष गुप्ताले आफ्नोे १० लाख भारतीय रुपैंया (करिब १५ हजार अमेरिकी डलर) लगानीको २० मिलियन अमेरिकी डलर प्राप्त गर्न सफल भए ।

स्टार्टअप कम्पनीमा लगानी गर्नु जोखिम हो तर पनि जब ती स्टार्टअप कम्पनी सफल हुन्छन्, तब माथिका उदाहरणमा लेखिएका कथाका पात्र तिनै जोखिम मोल्नेहरु नै हुन्छन् । त्यसैले जसले स्टार्टअपको आधारभूत प्रावधानलाई बुझेका छन्, उनीहरु सगूनमा लगानी गर्ने गर्छन, गरिरहेका छन् र भोलिका दिनमा पनि लगानी गरिरहेका हुन्छन् ।

त्यसैले सगुन पनि हाल स्टार्टअप कम्पनीको अवस्थामा छ । सगुनमा हाल Private Placement मार्फत लगानी गर्ने अवसर खुल्ला भएकोले तपाइको पनि लगानी गर्ने इच्छा छ भने अथवा पहिला छुट्नु भएको छ भने अहिले नै निर्णय गर्न सक्नुहुनेछ ।

Investment close at midnight Aug 12, 2019

थप जानकारीका लागि

Website: www.sagoon.com
Eamil: mysagoon@sagoon.com
Phone: 571-259-3984 

(सगुनबाट प्राप्त जानकारी प्रयोजनका लागि मात्र)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *