आजको सुनको भाउ
काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ। हिजो ५ सय रुपैयाँ बढेर ७० हजार पुगेको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ। एक सातादेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य बिहिबार ७० हजार पुगेर उच्च रेकर्ड कायम गरेको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँ तथा चाँदी ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने केही बढी पर्न सक्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment