कोका–कोलाको नेपालमा नयाँ प्रविधि प्रयोग, ‘जिग्री प्याक’ सार्वजनिक

डिसी नेपाल
२४ साउन २०७६ १५:०३

काठमाडौं । कोका–कोलाको नेपालमा नयाँ प्रविधि ‘जिग्री प्याक’ सार्वजनिक गरेको छ। देशभरका ग्राहकहरुको लागि पेय पदार्थको अनुभव अझै विशेष बनाउन नयाँ २५० एमएल हलुका तथा बोक्नलाई सहज हुने भन्दै सानो प्याक सार्वजनिक गरेको हो।

नेपालको लागि कोकाकोला कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘यो प्याक उपभोक्ता मैत्री भएकाले कोका–कोलाले यसलाई जिग्री प्याक भनेको हो।’

उनका अनुसार जिग्री प्याकमा प्याकेजिङ उद्योगकै सबैभन्दा नबीनतम् प्रविधिको प्रयोग गरिएको छ। बोटलर्स नेपाल विश्वभरमै यस क्षमता भएको तेश्रो कम्पनी हो। जिग्री प्याक उपभोक्ता मैत्री बाताबरण मैत्री पनि छ। यो अल्ट्रा लाइट बोतल हो। अन्य पिइटी बोतलजस्तै यो रिसाइकल पनि हो। यसको विस्तारित आयु ६ महिनासम्म मात्र हुन्छ।

‘हामी ग्राहकहरुका लागि कोका कोला, स्प्राइट र फान्टाको उपयुक्त प्याक ल्याउन पाउँदा अत्यन्त खुसी छौं।’ बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर प्रदीप पाण्डेले भने, ‘यो सार्वजनिक गर्दा एकदमै खुसी महसुस भएको छ। बोटलर्स नेपालमा स्टेट अफ आर्ट प्रोडक्ट लाइनमा लगानी गर्न पाउँदा निकै प्रसन्न छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *