नक्कली नोट छाप्ने उपकरणसहित चार पक्राउ

डिसी नेपाल
२४ साउन २०७६ १६:२२

काठमाडौं । नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहादुर खड्कालाई नोट छाप्ने उपकरणसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताए।

खड्कालाई काठमाडौँको कोटेश्वरबाट सिआइबीको सहयोगमा साउन २१ गते पक्राउ गरिएको र अन्य तीनलाई साउन १७ र १८ गते कैलालीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

भारु र नेरु नक्कली नोट छाप्ने गरिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको विशेष टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो। धनगढीको नैनादेवी टोलबाट पक्राउ परेका खगेन्द्रको कोठाबाट नक्कली नोट छाप्न प्रयोग हुने एक थान उपकरण, छापेर काट्न बाँकी रहेका भारतीय र नेपाली नक्कली नोटलगायत सामग्रीसमेत बरामद गरिएको थियो।

उनीहरु विरुद्ध खोटा चलन शीर्षकमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *