सेनाले सबै जिल्लामा विद्यालय सञ्चालन गर्ने

डिसी नेपाल
२४ साउन २०७६ १८:४०

काठमाडौं। नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रदेशहरुमा सैनिक विद्यालयहरुको स्थापना गर्ने नीति अनुरुप प्रदेश नम्बर २ अन्र्तगत महोत्तरीको बर्दिवासमा विद्यालय निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिए । उनले प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिए ।

उनले सेनाले आफ्ना हितकारीका सन्ततीहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउन सकुँन भन्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा Empanel Schoo को व्यवस्था गर्ने योजना रहेको बताए ।

निर्देशनालयले कोष अन्र्तगत सञ्चालित विद्यालय महाविद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, शिक्षण र सिकाइमा नविनतम् प्रविधिको प्रयोग गरी सबै कक्षाहरुमा मल्टिमिडिया प्रोजेक्टर लगायत अन्य प्रविधिहरुको व्यवस्था गरिनुका साथै पुस्तकालय र प्रयोगशालाहरुको स्तरोन्नति तथा Language Lab को व्यवस्था गर्ने योजना पनि अघि सारेको छ । निर्देशनालयले काठमाडौं उपत्यका भित्र कार्यरत महिला सैनिकका सन्तानलाई लक्षित गरी छाउनीस्थित रेञ्जर रेजिमेन्ट परिसरमा मण्टेश्वर विद्यालयको निर्माण कार्य पनि सुरु गरेको छ ।

वहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनमा आश्रित परिवारहरुलाई कोषले २०३४ सालदेखि निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी शिक्षा तथा सीप र स्वरोजगार मुलुक विभिन्न कार्यक्रमहरु पनि निर्देशनालयले सञ्चालन गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *