यसरी पक्राउ परे गाउँपालिका अध्यक्षलाई २ करोड नदिए ज्यान मार्ने धम्की दिनेहरु

डिसी नेपाल
२४ साउन २०७६ १९:४४

काठमाडौं । दुई करोड नदिए ज्यान मार्ने धम्की दिने कार्यमा संलग्नलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं रानीबारी बस्ने रामेछाप लिखु गाउँपालिका ७ तिल्पुङ घर भएका ३० वर्षीय लोप्सन लामा तथा मिलन तामाङ भन्ने बाबुराम तामाङ र उनका सहयोगी काठमाडौं लैनचौर बस्ने रामेछाप लिखु गाउँपालिका ७ घर भएका २५ वर्षीय अमृत तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

रामेछाप लिखु गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्कालाई धम्की दिई २ करोड नदिए छोराछोरी तथा सम्पूर्ण घर परिवारलाई मारिदिन्छु भनि रकम माग गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले अनुसन्धान गर्दै जाँदा काठमाडौं महानगरपालिका १५ स्वयम्भूस्थित विजेश्वरीमा निज बाबुराम तामाङलाई फेला पारी नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि नै आक्रमण गरेको र आत्मसमर्पण गर्न आदेश दिँदा समेत अटेर गरी भाग्ने क्रममा उनलाई घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

साथै उनका सहयोगी अमृत तामाङलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *