प्रचण्डले भने ‘म कुनैपनि हिंसात्मक गतिविधिमा संलग्न छैन’

डिसी नेपाल
२४ साउन २०७६ १९:४६

काठमाडौं। १० वर्षे शसस्त्र द्वन्द्वका सुप्रिम कमाण्डर रही सकेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको दावी गरेका छन्।

अध्यक्ष दाहालले माओवादी विद्रोहको नेतृत्वको गर्ने अवसर आफूलाई प्राप्त भएपनि आफू हिंसात्मक गतिविधिमा भने संलग्न नभएको बताए ।

स्मरणरहोस माओवादी द्वन्द्वमा परी करिब १७ हजार नेपाली नागरिक मारिएको सरकारी तथ्यांक छ ।

नेकपा नेता दिनानाथ शर्माद्धारा लिखित ‘झरीको सौन्दर्य’ नामक निबन्ध संग्रहको शुक्रबार काठमाडौंमा बिमोचन गर्दै प्रचण्डले अहिले आफूलाई हिस्रक मान्छेको रुपमा चित्रण गर्ने गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । ‘म त्यस्तो बिद्रोही नेता हुँ, जसले कसैलाई एक लपेटो हानेको पनि छैन् कसैको एक लपेटो खाएको पनि छैन,’ अध्यक्ष दाहालको भनाई थियो, ‘तर मेरो हिंसात्मक गतिविधिमा कुनै संलग्नता रहेन भन्दा मान्छेहरुलाई पत्याउन गाह्रो भईरहेको छ ।’

अध्यक्ष दाहालले आफूले माओवादी विद्रोहको नेतृत्वमात्रै नगरी त्यसलाई शान्ति प्रक्रियामा ल्याउन सफल नेताको परिचय बनाएको पनि बताए। उनले माओवादी विद्रोहको नैतिक जिम्मेवारी भने आफैले लिने बताए।


No ads found for this position

प्रतिक्रिया

One thought on “प्रचण्डले भने ‘म कुनैपनि हिंसात्मक गतिविधिमा संलग्न छैन’

  1. कुनै पनि मान्छे हत्त्या हिंसा गर्नु भन्दा हत्या हिंसा गर्न लगाउने मान्छे झन ठुलो हत्यारा दोषी पापी हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *