सरकारलाई राष्ट्र र जनताको पक्षमा काम गर्ने गरी सुझाव दिन पौडेलको आग्रह
फाइल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारलाई राष्ट्र र जनताको पक्षमा काम गर्ने गरी सुझाव दिन बुद्धिजीविहरुलाई आग्रह गरेका छन्।
वरिष्ठ नेता पौडेलले मुलुक भ्रष्टाचारको दलदलमा फसेको उल्लेख गर्दै त्यसबाट मुक्त गराउन पनि बुद्धिजीविहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने पनि स्पष्ट पारे। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले मुलुकलाई द्धन्द्धमा फसाउने प्रयोस अझै भईरहेको उल्लेख गर्दै त्यसबाट सचेत रहन पनि सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गराए। वरिष्ठ नेता पौडेलले मुलुकका लागि देशभक्त नेताको आवश्यक्ता रहेको पनि बताए।
वरिष्ठ नेता पौडेलले मुलुकमा ठूलो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि त्यसलाई कमजोर बनाउने प्रयोग भईरहेको उल्लेख गर्दै चिन्ता पनि व्यक्त गरे। उनले मुलुकलाई जनताको अपेक्षा अनुसार अघि बढाउने गरी शिक्षा नीति तय गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment