मतदाता नामावली रुजु गर्दै निर्वाचन कार्यालय

डिसी नेपाल
२४ साउन २०७६ २३:५६

कञ्चनपुर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले थप सङ्कलन भएका मतदाता नामावली रुजु गर्ने कार्य शुरु गरेको छ।

स्थानीय, प्रदेश र सङ्घको निर्वाचनपछि सङ्कलन भएका नामावली रुजु गर्ने कार्यमा निर्वाचन कार्यालय जुटेको हो।

जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा सङ्कलन भएका मतदाता नामावली जिल्लास्तरमा रुजु गर्ने कार्य भइरहेको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर प्रकाश भट्टले बताए।

उनका अनुसार थप सङ्कलन भएकामध्ये महिला पाँच हजार चार सय र पुरुष ६ हजार ४५४ गरी कूल ११ हजार ८५४ मतदाता रहेका छन्।

‘सङ्कलन भएका मतदाताको नाम थर मिले नमिलेको सच्याउने, क्रमवद्ध रुपमा राख्ने र अन्य गल्ती सच्याउने कार्य भइरहेको छ’, उनले भने। रुजु भएका नामावलीलाई क्रमवद्ध रुपमा मिलाएर राख्ने काम भइरहेको छ।

साउन १७ गतेदेखि मतदाता नामावली रुजु गर्ने कार्य हुन थालेपछि थप मतदाता नामावली सङ्कलनको काम बन्द गरिएको छ। आउँदो स्थानीयय तहको निर्वाचनका लागि यस कार्यले सघाउ पुर्याउने छ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाको एक वडाका लागि उप निर्वाचन हुने भएको छ। जिल्लामा रुजु गरिएको नामावली आयोगको कार्यालयमा पठाएर अन्तिम रुजु गरेपछि जिल्लामा आउने बताइएको छ।

थपसहित कञ्चनपुरमा दुई लाख ७६ हजार ८२९ मतदाता पुगेका छन्। स्थानीय तहको निर्वाचनका बेला कञ्चनपुरमा दुई लाख ६४ हजार ९७५ मतदाता रहेका थिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *