पूरा कश्मीर जेलमा परिणत, एक खुला जेल…

डिसी नेपाल
२५ साउन २०७६ २०:२५

नयाँ दिल्ली ( बीबीसी) । श्रीनगर शहरको बिचमा खान्यार क्षेत्र छ जो भारत विरोधी प्रदर्शनका लागि बदनाम छ । २४ घण्टे कर्फ्यूका कारण त्ष्हाँ पुग्न हामीले एक दर्जन ब्यारीकेड पार गर्नु परेको थियो।

एक ब्यारीकोड नजिकै ज हामी पुग्यौं, मैले केही तस्वीर लिन आफ्नो कार रोकेँर बाहिर आएँ । सोही समयमा केही मानिसहरु गुनासो गर्न आए, उनीहरु घेराबन्दी जस्तो अवस्थामा रहेका छन्।

यो समूहका सबैभन्दा ज्येष्ठ व्यक्तिले भने, ‘सरकारका तर्फबाट यहाँ ठूलो ठगी भएको छ।’ अद्र्धसैनिक प्रहरीले हामीलाई त्यहाँबाट हटाउने प्रयास गरे। तर, ती व्यक्ति आफ्नो कुरा भन्न चाहन्थे । उनले चिच्याउँदै भने, ‘तपाई हामीलाई दिनमा पनि बन्द गर्नुहुन्छ, रातीमा पनि बन्द गर्नुहुन्छ।’

प्रहरीले कर्फ्यू भएकाले तुरुन्त घर भित्र जानुपर्ने बताए । तर, ती ज्येष्ठ व्यक्ति प्रहरीलाई चुनौती दिने अन्दाजमा त्यहिँ उभिए । ठिक सोही समयमा मलाई त्यहाँबाट जान भनियो । तर, जबसम्म हामी त्यहाँबाट जाँदै थियौं, काखमा एक सानो छोरालाई बोकेका एक नौजवानले मसँग भने, ‘उ भारतसँग लड्का लागि बन्दुक उठाउन तयार छ ।’ उसले भन्यो, ‘यो मेरो एकमात्र छोरा हो, यो हाल निकै सानो छ, तर म यसलाई पनि बन्दुक उठाउनका लागि तयार पार्ने छु ।’ त्यो युवक यति आक्रोशित थियो की उसले त्यहाँ सुरक्षाकर्मी पनि छन् भन्ने हेक्का राखेन र आफ्नो आक्रोश व्यक्त गर्यो।

मुस्लिम बहुल कश्मीर उपत्याकामा मैले यस्ता मान्छेहरुसँग भेटेँ जसले भने उनीहरु सुरक्षा बलको डरको छायाँ अब बस्न चाँहदैनन् । गएका ३० वर्षदेखि कश्मीरमा हिंसा जारी छ । तर, दिल्लीको निर्णयपछि जसलाई मानिसहरु ‘तानाशाही निर्देशन’ भनिरहेका छन्, यसले ती मानिसहरु पनि जसले कहिल्यै पनि पृथकतावादको समर्थन् गरेनन् उनीहरु पनि विरोधतर्फ धकेलिएका छन् । उनीहरु कश्मीर र भारत दुबैका लागि निकै गम्भीर परिणाम हुने बताउँछन्।

जहाँ पनि म गएँ, यो भावना प्रबल देखियो, डर र चिन्ताका साथै आक्रोश र केन्द्र सरकारको निर्णयको विरोधमा पक्का मन देखियो ।

गएको सोमबार बिहानदेखि नै श्रीनगर पूर्णरुपमा बन्द छ । शहर पूरा भुताहा जस्तै देखिएको छ । पसलहरु, विद्यालय, कलेज र अफिस सबै बन्द छन् । सडकमा यातायात ठप्प छ ।

सडकहरुका ठाउँठाउँमा रेन्जर वायरका तारबाट ब्यारिकेड बनाइएको छ । सुनसान सडकहरुमा हजारौं बन्दुकधारी सुरक्षाकर्मी गस्ती गरिरहेका छन्। सबै शहरवासी आफ्नै घरमा बन्द छन्। लगभग एक हप्ता हुन लागेको छ । हालसम्म यहाँका दुई पूर्व मुख्यमन्त्री हिरासतमा छन् । अर्का व्यक्ति जो यहाँबाट सांसद पनि हुन्, उनी पनि घरमै नजरबन्दमा छन् । सयौं अन्य मानिसहरु पनि हिरासतमा छन् । जसमा सामाजिक कार्यकर्ता, उद्योगी र प्रोफेसरहरु छन् । उनीहरुलाई अस्थायी जेलमा राखिएको छ ।

रिजवान मलिक भन्छन्, ‘पूरा कश्मीर नै जेलमा परिवर्तन भएको छ, एक खुला जेल।’ गएको सोमबार जब गृहमन्त्री अमित शाहले संसदमा कश्मीरबारे आफ्नो योजना राखे, त्यसको ४८ घण्टा भित्र नै रिजवान दिल्लीदेखि श्रीनगरेको उडानबाट यहाँ आएका थिए।

उनले आफ्नो परिवारसँग अन्तिम पटक गएको आइतबार राती कुरा भएको बताए । यसको केही समयपछि नै सरकारले इन्टरनेटलगायत सबै सञ्चार माध्यमहरु बन्द गरिदिएको थियो । पूर्णरुपमा सूचनाहरुमा ब्ल्याकआउट गरियो ।

श्रीनगरमा आफ्नो पैतृतिक घरमा उनले मलाई भने, ‘यस्तो जीवनमा पहिलो पटक भएको छ, कसैसँग सम्पर्क गर्ने कुनै साधान छैन । यसअघि मैले यस्तो कहिल्यै देखेन ।’

मलिक भारत सरकारले यहाँका मानिसहरुसँग सल्लाहा नगरेरै निर्णय लिएकोमा आक्रोशित छन् । उनी यस्ता व्यक्ति होइनन् जो पृथकतावादमा विश्वास गर्छन्, कहिल्यै सडकमा निस्केर आन्दोलन गरेका हुन् वा ढुंगा प्रहार गरेका हुन् । उनी २५ वर्षीय युवा हुन्। जो दिल्लीमा अकाउण्टको पढाई गरिरहेका छन् । उनले लामो समयसम्म भारतको विचारमा विश्वास गरेको बताउँछन्। किनकी उनलाई यसको आर्थिक सफलताको कथामा विश्वास थियो ।

उनी भन्छन्, ‘यदि भारत चाहन्छकी हामी यो विश्वास गरौं यो एक लोकतन्त्र हो भने, उसले आफुलाई मुर्ख बनाइरहेको छ । कश्मीको भारतसँग लामो समयदेखि तनावपूर्ण सम्बन्ध छ । तर, हाम्रो विशेषाधिकार नै त्यो पुल थियो, जसले हामी दुईलाई जोडेको थियो । यसलाई खारेज गरेर उनीहरुले हाम्रो पहिचान खोसेका छन् । कुनै पनि कश्मीरीका लागि यो अस्वीकार्य छ ।’

मलिकले प्रतिबन्ध हटेपछि मानिसहरु सडकमा प्रदर्शनका लागि उत्रिने बताउँछन्। र यस्तो प्रदर्शनमा हरेक कश्मीरीले समर्थन गर्ने पनि बताए । उनले भने, ‘यो भनिन्थ्योकी परिवारमा एक भाई पृथकतावादीहरुसँग र एक भाई मुख्यधारा (भारत)सँग छ । तर अब भारत सरकारले यी दुई भाईहरुलाई एक जुट गरिदिएको छ।’

कश्मीर यूनिभर्सिटीमा आर्किटेक्टकी विद्यार्थी २० वर्षीया उनकी बहिनी रुखसार रशीदले भनिन्, ‘टिभीमा गृहमन्त्रीको भाषण सुनेपछि हात काँप्न थाले र नजिकै बसेकी आमा रुन थालिन् ।’

रशीद भन्छिन्, ‘उनी भनिरहेकी थिइन्, यसभन्दा त मृत्यु ठिक, म तनावमा थिएँ । मेरा हजुरबा हजुर आमा जो, सहरमा बाटमालूमा बस्छन्, उनीहरु भन्छन् यो अफगानिस्तान बन्यो ।’

यस ठूलो कदमभन्दा पहिला भारतले आफ्नो नियन्त्रणमा रहेको कश्मीरमा आफ्नो तयारी शुरु गरेको थियो । सरकारले गएको महिना कश्मीरमा ३५ हजार अतिरिक्त सुरक्षा बल पठाउने घोषणा गरेको थियो। यो त्यो क्षेत्र हो जहाँ संसारको सबैभन्दा धेरै सैन्यकृत भएको छ । यस मामिलालाई लिएर भारत र पाकिस्तानबीच विवाद छ । दुबै देश परमाणु हतियार सम्पन्न छन्।

गएको हप्त अमरनाथ यात्रालाई बिचमै रोकियो । सरकारले आतंकवादी आक्रमणको आशंकामा यस्तो गरिएको भनेको थियो । यसपछि होटल, हाउसबाटे, डल लेक सबै बन्द गर्न आदेश दिइयो । र पर्यटकहरुलाई पनि तुरुन्त फिर्ता हुन भनियो । त्यो बेलासम्म कश्मीरमा धेरैलाई अनुमान भइसकेको थियो, केही ठूलै हुँदैछ । तर, जो दर्जन मानिसहरुसँग मैले कुरा गरेँ, उनीहरुलाई भने यस्तो लागेको थिएन । उनीहरुले दिल्लीले यति ठूलो निर्णय एकतफी रुपमा गर्नेछ भन्ने विश्वास गरेका थिएनन्।

संचार साधनहरुको पूर्णरुपमा ब्ल्याकआउटको अर्थ थियो, कुनै पनि विश्वासयोग्य सूचना नपाउनु । र जे पनि खबरहरु पाइएको थियो त्यो मानिसहरुबाट प्राप्त थियो ।

यस अभूतपूर्व बन्द भए पनि हामी श्रीनगर र अन्य स्थानमा प्रदर्शन र सुरक्षाबलमाथि ढुंगा प्रहारका खबरहरु दैनिक सुन्थ्यौं । हामीले सुन्यौं, एक प्रर्दशनकारीलाई सुरक्षाकर्मीले लखेटे, उसले बाँच्नका लागि नदीमा हामफाल्यो । उसको मृत्यु भयो । धेरै मानिसहरु घाइते भएका छन् ।

तर, सरकारले कश्मीरमा सबै ठिक रहेको देखाउने प्रशास गरिरहेको छ । बुधबार टिभी च्यानलहरुले राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभाल शोपियाँको सडकहरुमा केही मानिसहरुसँग खाना आएको देखाए । शोपियाँ त्यही स्थान हो जहाँ भारतीय सञ्चार माध्यमहरुले ‘आतंकवादको गढ’ भनेका थिए ।
यो संसारलाई देखाउने प्रयास थियोकी सबैभन्दा कठिन क्षोत्रमा पनि सरकारको कदमको मानिसहरु समर्थन गरिरहेका छन् । तर कश्मीरी यसलाई नाटक भन्छन् । रिजवान मलिकले भने, ‘यदि मानिसहरु खुशी छन् भने उनीहरुले कर्फ्यू किन लगाएका छन्, सञ्चार ब्ल्याकआट किन?’

श्रीनगरको हरेक कुरामा यही प्रश्न दोहोर्याइन्छ – घरहरुमा, सडकहरुमा, पुरानो शहरमा, संवेदनशील क्षेत्र र दक्षिणी जिल्ला पुलवामामा जहाँ गएको फेब्रुअरीमा सुरक्षाकर्मीमाथि ठूलो आक्रमण भएको थियो।

जब म यो क्षेत्रबाट जाँदै थिएँ, सडक किनामा उभिएका मानिसहरुले मसँग कुरा गर्न मेरो कार रोके । उनीहरुले कश्मीरको आवाज लगातार दबाइएको र उनीहरुको कुरा सुन्नुपर्ने बताए । उनीहरुले मलाई आफुहरु आक्रोशित रहेको र ठूलो हिंसात्मक घटना हुन सक्ने आशंका गरे ।

पुलवामाका एक वकील जाहिद हुसैन डार भन्छन्, ‘यो समय पूरा कशमीर बन्द छ । जब बन्द हट्छ तब तनाव शुरु हुनेछ । एक पटक जब राजनीतिक र पृथकतावादी नेता हिरासत वा नरबन्दबाट रिहा हुनेछन्, र प्रदर्शनका लागि अपील गरेपछि मानिसहरु सडकमा निस्कने छन्।’

केही भारतीय सञ्चार माध्यमहरुमा हालसम्म कश्मीर उपत्याकामा कुनै ठूलो प्रदर्शन नभएको भन्दै मानिसहरुले सरकारको निर्णय स्वीकार गरेको बताएका छन् । तर, जुन कश्मीरलाई मैले देखेँ, उ भित्रभित्रै उकुस मुकसमा छ । म यो क्षेत्रमा २० वर्षदेखि रिर्पोटिंग गरिरहेकी छु । जुन किसिमको आक्रोस र असन्तोष मानिसहरु व्यक्त गरिरहेका छन्, त्यो अभूतपूर्व छ । यहाँका अधिकांश मानिसहरुले सरकारी निर्णय रद्द गर्नुपर्ने र विशेष दर्जा बाहाल गर्नेभन्दा तल कुनै सम्झौता नहुने बताइरकेका छन् । तर, नरेन्द्र मोदी सरकारलाई आफ्नो निर्णय फिर्ता लिने सरकारका रुपमा लिइँदैन । यसैकारण आशंका के छ भने कश्मीरीहरु प्रदर्शन गर्नेछन् सरकार आन्दोलन दबाउन अधिकतम बल प्रयोग गर्नेछ। (बीबीसीबाट अनुवाद)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *