लागुऔषधसहित नेपाली सेनाका मेजर पक्राउ

डिसी नेपाल
२५ साउन २०७६ २०:३४

काठमाडौं। लागुऔषधसहित शनिाबार एक जना नेपाली सेनाका सेनानी (मेजर) पक्राउ परेका छन्। इटहरीस्थित सेनाको पूर्वी पृतनामा दरबन्दी रहेका मेजर अजितप्रताप सिंहलाई पृतना नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले पक्राउ गरेको हो। प्रहरीले उनका साथबाट डेढ ग्राम ब्राउन सुगर बरामद भएको जनाएको छ । प्रहरीले यो विषयमा अनुसनधन जारी रहेको जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *