म चुनौती स्वीकार गरेरनै आएको हुँ साग हुन्छ : सदस्य–सचिव सिलवाल
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आफु चुनौती स्वीकार गरेर नै खेलकुद क्षेत्र रोजेको बताएका छन्। शनिवार मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय कमिटीले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्य–सचिव सिलवालले भने, ‘म चुनौती स्वीकार गरेर नै आएको हुँ, १३औं साग हुन्छ । भारतले पनि सहभागिताको पत्र पठाई सकेको छ, अब कुनै कारणले रोकिने अवस्था छैन ।’
सदस्य–सचिव सिलवालले थपे, ‘चाईनीज टोली अगस्ट १५ मा सातदोबाटोको पूर्वधार र दशरथ रंगशालाको निरीक्षण गर्न आउँदैछ, सातदेवाटोको सुटिङ रेन्ज र पौडी पोखरी हस्तान्तरण गरेपछि १३औं सागको माहोल बन्ने छ।’
मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले कार्यकालको शुभकामना ब्यक्त गर्दै सस्थापक अध्यक्ष समेत रहेका सिलवालको सफल कार्यकालका लागि शुभकामना दिए । उनले मदन भण्डारी स्पोर्ट्स एकेडेमीको नाताले सदस्य–सचिवको पद नपाइ आफ्नै (सिलवाल) खुबीका कारण सदस्य–सचिवको पद पाएको बताउँदै खेलकुदको विकास र विस्तारका लागि एकेडेमीले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव अचार्यले खेलकुदलाई माया गर्ने र खेलकुद बुझेको व्यक्तिलाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवको जिम्मेवारी दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिए । एकेडेमीका सचिव ओमकृष्ण प्रसाईंले कार्यकाल सफलताका लागि कामना गरे । कार्यक्रममा एकेडेमीका पदाधिकारी र क्रिकेट विभाग, मार्सल आर्ट विभागलगायतको उपस्थिति रहेको थियो ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment