बोष्टनमा पशुपतिनाथ र बुद्ध स्तुपासहित नेपाली कम्युनिटी सेन्टरको भवन खरिद

डिसी नेपाल
२६ साउन २०७६ ७:५५

बोष्टन। अमेरिकाको बोष्टनमा पशुपतिनाथ र बुद्धको स्तुपा सहित नेपाली कम्युनिटी सेन्टर बनाउन १७ लाख पचास हजार डलरमा भवन खरिद गरिएको छ। भवन खरिदको काम सात अगस्टमा सम्पन्न भएको हो।

विदेशमा दुख–सुखको सामना गर्दै दुइ चार डलर संकलन गरेर सबै कानुनी प्रकृया पूरा गरी बैधानिक रुपमा नेपाल र नेपालीले गर्व गर्न लायक ठोस काम गर्न सफल भएको भन्दै बोस्टनमा रहेका नेपालीले खुसी प्रकट गरेका छन्। भवन किनेपछि गत बुधबार नै स्टेजमा स्वयम्भु र पशुपतिनाथको मन्दिर प्रतिस्थापन गरिएको थियो।

बोष्टनमा नेपाली कम्युनिटी सेन्टर संचालन गर्ने नेपालीको वर्षौको चाहना हो, यसको लागि २०१२ मा श्री पशुपतिनाथ बुद्ध फाउण्डेशन न्यु इंल्याण्ड (प्याब्फोन) गठन भएको थियो। यसमार्फत हरेक वर्षका भैली द्यौसी र अन्य सुखद अवशरमा दान संकलन गर्दै २०१७ मा अगष्ट ६–१३ सम्म श्रीमदभागवत ज्ञानमहायज्ञ सप्ताह लगाइएको थियो।

सप्ताहको नगद तथा कबोल रकम समेत फाउण्डेशनले करिब १.८ मिलियन डलर संकलन गरेपछि १.७५ मिलियन डलरमा ब्रेनट्रीको घर स्विकृत भएको थियो।

भवन किनेको खुसीयालीमा बुधबार बेलुका भएको विशेष जमघट तथा केक काटने कार्यक्रममा प्याब्फोनका अध्यक्ष विष्णुमणि आचार्यले फाउण्डेशन स्थापना कालदेखि, बोष्टन सप्ताह हुँदै हालसम्मका डोनरलाई विशेष रुपमा सम्झेका थिए।

सबैभन्दा बढी रकम दिएर साथ दिने समाजसेवी लक्ष्मी नारायण र झरना प्रधान ५१ हजार डलर, दोश्रोमा समाजसेवी शिव र अञ्जु श्रेष्ठ जोडी ४१ हजार डलरलगायत वेवसाईड pabfone.org/donation मा उल्लेख सबै डोनरहरुलाई सम्झदै ग्रेटर बोष्टन स्थित साथ दिने सबै नेपाली सघसंस्थालाई धन्यवाद दिँदै सबैप्रति हार्दिक आभार ब्यक्त गरेका थिए।

प्याब्फोनका चियर पर्शन मिलन गुरुङले पनि फाउण्डेशको अभियानमा लागीपर्ने सबैलाई सम्झि सम्झि धन्यबाद दिँदै संचारकर्मीको योगदान नभुल्ने बताए। प्याब्फोनका महासचिव ध्रुब घिमेरेले संचालन गरेको कार्यक्रममा जि बि एन सि का अध्यक्ष अर्जुन कुवर, एन आर एन बोष्टन च्याप्टरका नव निर्वाचित अध्यक्ष प्रेम तामाङ, एन डब्लु जि एन कि अध्यक्ष शान्ति जोशी, प्याब्फोन नरउड मेट्रो बेष्ट सब कमिटि का अध्यक्ष सुरेश ढकाल, जिबिएनसि का पूर्व अध्यक्ष बिनोद ओली, प्याब्फोनका सि. भाइस प्रेसिडेन्ट राम थापा, महासचिव भुवन गुरुङ, पुर्व महासचिव महेश्वर पन्त,सचिव यम पौडेल, आर्थिक बिभाग प्रमुख सुशिल पौडेल, सल्लाहकार क्रमसः प्रल्हाद केसी, डा.उषा शर्मा, रुक्मणी कार्की, बिजय शर्मा, काजी शेर्पा, न्यु ह्याम्पसायरबाट आएका लोक लामा र अननरी मेम्बर दिव्य रञ्जन बुढाथोकी एवं मिन केसीलाई एक–एक मिनेट शुभकामना मन्तव्य राख्न दिइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *