अज्ञात समुहद्वारा २ गाउँपालिकाका गाडीमा आगजनी

डिसी नेपाल
२६ साउन २०७६ ८:३८

काठमाडौँ । शनिबार राति दाङ र कपिलवस्तुका २ गाउँपालिकाका गाडीमा अज्ञात समुहले आगजनी गरेका छन् ।

दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्बरको गाडीमा शनिबार राति पौने १ बजेतिर अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागीबाट गाडीमा पूर्ण रुपमा क्षती पुगेको छ ।

सो घटना कसले र किन गराएको हो भन्ने नखुलेपनि घटनाको प्रकृति हेर्दा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्का गरिएको र सो विषयमा अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक बेलबहादुर पाण्डेले बताए ।

त्यस्तैगरी कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्दै आएको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा पनि अज्ञात समुहले आगजनी गरेको छ ।

कपिलवस्तुको तौलिहवामा अध्यक्ष चौधरीको निवासमै पार्किङ गरेर राखेको गाडीमा राति साढे १० बजेतिर आगजनी भएको हो।  घटनाका विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *