आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
सांकेतिक तस्बिर
काठमाडौँ । मनसुनको न्यून चापिय रेखा औसतभन्दा केही दक्षिणतर्फ सरेकाले केही दिन भारी वर्षाको सम्भावना नरहेपनि आज देशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, आज देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमका स्थानहरुमा सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र एक दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको छ।
महाशाखाले निकालेको तीन दिनको मौषम पूर्वानुमान तालिका अनुसार अब केही दिनमा न्यून चापिय रेखा नेपाल तर्फ आउने भएकाले केही दिन लगातार जसो वर्षा हुन सक्ने छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment