जापानी बक्सरलाई प्रचण्डले गरे नकआउट

डिसी नेपाल
२६ साउन २०७६ १०:०४

टोकियो । जापानको राजधानी टोकियोमा भएको व्यवसायिक बक्सिङ प्रतियोगितामा जापानी बक्सरलाई पराजित गर्दै नेपाली खेलाडी प्रचण्ड केसीले नेपाली झण्डा फहराएका छन् ।

राजधानी टोकियोको टोकियो डोममा सम्पन्न ‘होपफुल फाइट’ नामक ५३ किलो तौल समुहको बक्सिङ प्रतियोगितामा केसीले दोस्रो राउन्डमै जापानी खेलाडीलाई नकआउट गरेर जित निकाले ।

जापानी बक्सर मारूयामा युहेइले नेपाली बक्सर प्रचण्ड केसीको मुक्का सामना गर्न नसक्दा दुई राउन्ड पनि पुरा खेल्न सकेनन् ।

जापानमा नेपाली व्यावसायिक बक्सरको रूपमा खेल्दै आएका प्रचण्ड केसीले आफ्नो खेल यात्रालाई थप शसक्त बनाउँदै लैजाँदा सुखद नतिजा निकाल्न थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *