राखी सावन्तले नियम तोडेपछि ट्वीटरले उनको खाता बन्द गरिदियो

डिसी नेपाल
२६ साउन २०७६ १०:१५

काठमाडौं। बलिउड अभिनेत्री राखी सावन्तको ट्वीटर खाता बन्द भएको छ । ट्वीटरले उनको खाता बन्द गरिदिएको हो । राखीले नियम तोडेपछि उनको खाता बन्द गरिएको जनाइएको छ । राखीले भारतले संविधानको धारा ३७० खारेज गरेको विषयमा गरेको पोस्टका कारण उनको खाता बन्द भएको हो ।

राखीले ट्वीटरमा एउटा भिडियो पोस्ट गरेकी थिइन् । यो भिडियोमा उनले धारा ३७० खारेज गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी थिइन् । यतिमात्र होइन उनले भिडियोमा मोदीको जयजयकार गर्दै नारासमेत लगाएकी थिइन् । उनले आफूले धारा ३७० सँग सम्बन्धित फिल्ममा काम गर्न लागेको बताउँदै निर्माता निर्देशकलाई धन्यवाद समेत दिएकी थिइन् । उनले फिल्मको शुटिङ कुल्लु, कश्मिरमा हुने बताएकी थियन् । तर, कुल्लु कश्मिरमा नभइ हिमांचल प्रदेशमा पर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *