‘… त्यसो भए बोल्दै बोल्दिन’ भनेर अनुराग कश्यपले ट्वीटर एकाउण्ट डिलिट गरे

डिसी नेपाल
२६ साउन २०७६ ११:२०

काठमाडौं। बलिउडका चर्चित फिल्म निर्माता तथा निर्देशक अनुराग कश्यपले ट्वीटर छाडेका छन् । आफ्ना मातापितालाई आउने अन्जान फोन कल र छोरीलाई आइरहेका धम्कीलाई कारण देखाउँदै उनले दुई ट्वीट गरे त्यसपछि आफ्नो खाता डिलिट गरे । अनुराग कश्यप ती चर्चित र शक्तिशाली व्यक्तिहरुमध्ये पर्छन् जो सामाजिक मुद्दामा सामाजिक संजालमा लेखिरहन्छन् ।

अनुराग कश्यपले लेखे ‘जब तपाइँका मातापितालाई फोन आउन थाल्छन् र तपाइँकी छोरीलाई अनलाइन धम्की आउन थाल्छन् भने कोही पनि बोल्न चाहँदैन । कुनै कारण वा कुनै तर्क बाँकी रहँदैन । दबंगहरुको राज हुनेछ र दबंगइ नयाँ बाँच्ने तरिका । सबैलाई नयाँ भारतको बधाइ र तपाइँहरु यसमा रहन सक्नुस् । तपाइँहरुलाई खुसी र प्रगति प्राप्त होस् । यो मेरो अन्तिम ट्वीट हुनेछ किनकि म ट्वीटर छाड्दैछु । जब म नडराइ बोल्नै सक्दिन भने बोल्दै बोल्दिन । गुडबाइ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *