भोलि इस्लाम धर्मावलम्बीको महान चाड बकरिद
फाईल तस्बिर
विराटनगर । इस्लाम धर्मावलम्बीको महान चाड बकरिद (ईदुजोहा) सोमबार मनाइने भएको छ।
बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सवल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन्।
यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।
बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ । भोलि सोमबार यो पर्व मनाउनका लागि मुसलमानले सबै किसिमका तयारी गरेका छन् । रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment