चर्चित गायक मीका सिंहको प्रस्तुतीका कारण भारतमा बबाल

डिसी नेपाल
२६ साउन २०७६ १४:५५

काठमाडौं। बलिउडका चर्चित गायक मीका सिंहका कारण भारतमा बबाल भएको छ । यसअघि पनि विभिन्न समयमा विवादमा आइरहने मीकाले फेरि नयाँ विवादलाई जन्म दिएका हुन् । यसपटक मीका विवादित हुनुको कारण हो उनको पछिल्लो प्रस्तुती । यो प्रस्तुती उनले पाकिस्तानमा दिएका थिए ।

अहिले भारत र पाकिस्तानबीच तनाव छ । यही समयमा मीकाले पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफका एक आफन्तको बिहेमा गएर प्रस्तुती दिए जले नयाँ विवाद सृजना भएको छ । सार्वजनिक भएको मीकाको भिडियोका कारण उनका फ्यानहरु आक्रोशित छन् । सामाजिक संजालमा मीकालाई निकै ट्रोल गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *