बालिकाको उपचारार्थ सहयोग हस्तान्तरण
संखुवासभा । संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले संखुवासभा भोटखोलाकी ९ महिनाकी बालिकाको उपचारार्थ सहयोग प्रदान गरेको छ।
कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाले कोरियामा नै कार्यरत पेम्बा नुर्वु भोटेकी छोरी मिक्मा चिप्पा भोटेको सहयोगार्थ अभियान चालिएको थियो।
संखुवासभा सम्पर्क परिवारले संकलन गरेको एक लाख ३३ हजार ३ सय रुपैयाँ विरामीको बुवा पेम्बा नुर्वु भोटेलाई संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन (एसकाज)का अध्यक्ष हेमन्त गौतम र संस्थाका उपाध्यक्ष गिन्दिन लामाले आइतबार हस्तान्तरण गरे।
सहयोग हस्तान्तरण कार्यक्रममा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाका संस्थापक अध्यक्ष गणेश घिमिरे, पूर्व अध्यक्षहरु भूपाल बस्नेत, रेखे गुरुङ, एसकाजका महासचिव उद्वव भट्टराई, कोषाध्यक्ष द्वारिका काफ्लेलगायतको उपस्थिति रहेको थियो।
कलिलो उमेरमा उपचार तथा प्रत्यारोपण गर्न असहजिलो हुने भएकाले छोरीको दिल्ली र नेपालमा उपचार गराइरहेको बुवा भोटेले जानकारी दिए।
बालमैत्री अस्पताल महाराजगञ्ज उपचार गराइरहेकी छोरीका लागि दक्षिण कोरियामा रहेका संखुवासभाली तथा अरु नेपालीहरुद्धारा आफ्नै छोरी सम्झेर सहयोग गरेको प्रति आभार व्यक्त गर्दै बुबा भोटेले छोरीको उपचारमा कुनै कसुर बाँकी नराख्ने बताए।
उनी आफै दक्षिण कोरियामा कार्यरत भएकाले आफूले पाएको केही रकम भोटखोला गाउँपालिकाकै अर्का विरामीलाई सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए। चिकित्सकहरुले कलिलो उमेरमा छोरीको कलेजो प्रत्यारोपण गर्न नसकिरहेको उनको भनाई थियो।
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाका उपाध्यक्ष गिन्दिन लामाले समस्यामा परेका संखुवासभालीका लागि सहयोग जुटाउन संस्थाले अभियान चलाएको जनाउँदै विरामी छोरीको स्वास्थ्य लाभको कामना गरे।
संस्थापक अध्यक्ष गणेश घिमिरे, एसकाजका अध्यक्ष हेमन्त गौतमले सहयोगी मनलाई धन्यवाद दिदैं विरामी छोरीको छिटो स्वास्थ्य लाभको कामना गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment