आज यी स्थानमा सार्बजनिक बिदा
काठमाडौं ।
आज प्रदेश २ र प्रदेश ५ सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेश २ सरकारले बकर इदको अवसरमा आज सार्वजनिक विदा दिने निर्णय गरेको हो। मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन्।
यस्तै प्रदेश ५ सरकारले बकर इदको बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित गरेको थियो।
आज केन्द्र सरकारले बिदाको घोषणा नगरेपनि प्रदेश २, प्रदेश ५ सरकार र केही स्थानीय तहले भने सार्बजनिक बिदा दिएका छन् ।
इस्लाम धर्मावलम्बीको महान् चाड बकरिद (ईदुजोहा) सोमबार मनाइने भएको छ । बकरिद रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सत्रबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन्। यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई (कुर्बानी) बलि दिने गर्दछन्।
बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment