पाश्र्व गायनमा आयुषको डेब्यू, सार्वजनिक भयो ‘हजार जुनीसम्म’को शिर्ष गीत

डिसी नेपाल
२७ साउन २०७६ १४:५०

काठमाडौं। भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो भएका वाल गायक आयुष केसीले नेपाली फिल्मका लागि गीत गाएका छन्। उनको स्वर रहेको ‘हजार जुनीसम्म’को शिर्ष गीत सार्वजनिक गरिएको छ।

उनले उदय सोताङ्गको हिट गीत ‘हजार जुनीसम्म’ गाएका हुन्। फिल्म ‘हजार जुनीसम्म’मा यसलाई रि—एरेञ्ज गरिएको छ। गीतलाई उदयले नै तयार पारेका हुन्।

फिल्ममा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ।

गीतमा पवन चाम्लिङ्ग ‘किरण’ को शब्द र योगेन्द्र घतानीको संगीत रहेको छ। उदयको स्वरमा फिल्ममा आर्यन सिग्देल देखिनेछन् भने आयुषको स्वरमा चाइल्ड स्टार अनुभव रेग्मी देखिनेछन्।

आयुषले फिल्म ‘हजार जुनीसम्म’ मार्फत पाश्र्व गायनमा डेब्यू गरेका हुन्। विकासराज आचार्यको निर्देशनमा तयार भएको फिल्म आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइँटेल, अखिलेष प्रधान, प्रियंका कार्की, अनुभव रेग्मी, सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *