आज पोखराका विद्यालयमा सार्बजनिक बिदा

डिसी नेपाल
२८ साउन २०७६ ८:३४

पोखरा । आज (मंगलबार) पोखरा महानगरपालिकाले विद्यालयलाई बिदा दिने निर्णय गरेको छ।

सोमबार एक सूचना जारी गर्दै महानगरपालिकाले गुरुङहरुको बाहुल्यता रहेको यस क्षेत्रमा आज परेको ट्होटे पर्वको अवसरमा बिदा दिने निर्णय सार्बजनिक गरेको हो। ट्होटे पर्व गुरुङ समुदायको विशेष पर्व हो ।

पोखरा महानगरपालिकाको शिक्षा नियमावली २०७४ को नियम ६६ को उपनियम ३ मा विद्यालय व्यवस्थापन समितिले एक शैक्षिक सत्रमा ५ दिनसम्म स्थानिय बिदा दिन सक्ने व्यवस्था रहेको छ।

सोहि व्यवस्थाअनुसार सम्पूर्ण विद्यालयहरुलाई बिदा दिई सहयोग गर्न महानगरले अनुरोध गरेको महानगरका सूचना अधिकारी गंगालाल सुबेदीले बताए। यो बिदा दिन सबै विद्यालयलाई अनिवार्य छैन उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *