छोरो हिरो, बाबु भिलेन

डिसी नेपाल
२८ साउन २०७६ ११:१८

काठमाडौं। गत वर्षको चैतमा प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’पछि कुनै चलचित्र साइन नगरेका अभिनेता अनमोल केसी नयाँ चलचित्रमा काम गर्ने भएका छन्।

उनले होम प्रोडक्सन (सुपर काजल फिल्मस्)को ब्यानरमा निर्माण हुने चलचित्रमा काम गर्न लागेका हुन्।

चलचित्रमा अनमोल केसी र भुवन केसीको मुख्य भूमिका रहनेछ। सोमबार चलचित्र विकास बोर्डमा ‘एन्टी हिरो’ नामक चलचित्रको दर्ता भएको हो। चलचित्रमा अनमोल हिरोको भूमिकामा देखिनेछन् भने भुवन भिलेनको भूमिकामा प्रस्तुत हुने जनाईएको छ। भुवन पहिलोपटक भिलेनको भूमिकामा देखिन लागेका हुन्।

चलचित्रमा अनमोल चकलेटी र एक्सन दुबै रुपमा देखिनेछन्।

नायिका भने फाइनल गरिएको छैन्। केही दिनमा नायिका लगायत अन्य कलाकार फाइनल गरिने भुवनले बताएका छन्।

भुवन र अनमोल अहिलेसम्म चलचित्रमा मुख्य भूमिकामा रहेर संगै काम गरेका छैनन्। यसअघि भुवनको मुख्य भूमिका रहेको ‘साथी म तिम्रो’मा अनमोलले एउटा गीतमा प्रस्तुति दिएका थिए ।

त्यस्तै ‘क्याप्टेन’ चलचित्रको एक गीतमा पनि यी बाबुछोराले स्क्रिन शेयर गरेका थिए।

भुवनका अनुसार चलचित्रको छायांकन तिहारपछि मात्र शुरु गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *