सामाजिक अभियन्ता मदर राजन विश्वकर्मा अमेरिकामा सम्मानित

डिसी नेपाल
२८ साउन २०७६ २३:३७

क्यालिफोर्निया । अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा कार्यरत ९ वटा नेपाली संघ संस्थाहरुले एक समारोहका बीच सामाजिक अभियन्ता मदर राजन विश्वकर्मालाई सम्मानित गरेका छन्।

आफ्नो केही दोष नभएपनि द्वन्दको चपेटामा परि आमा बाबुको सुरक्षा र मायाबाट बञ्चित बालबालिकाहरुलाई धेरै वर्षदेखि पालन पोषण र शिक्षा दिक्षा दिँदै आएका मदर राजन विश्वकर्माले सामाजिक न्यायको क्षेत्रमा ठूलो योगदान गरेको ठहर गर्दै उनलाई नगदसहित च्याम्पियन अफ सोसियल जस्टिसअवार्ड द्वारा सम्मानित गरेको हो।

सो कार्यक्रमको सभापतित्व आयोजक संस्थाहरु मध्य एकनेपाली जनसम्पर्क समिति अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टर कि कार्यवाहक सभापति लक्ष्मी केसी कार्कीले गरेकी थिइन्। कार्यक्रम संयोजक प्रेम परियारले सञ्चालन गरेको सो कार्यक्रममा समाजसेवी महिला नेतृ हेमा पनेरुले स्वागत मन्तव्य राखेका थिए।

आयोजक संस्थाहरुको तर्फबाट समाजसेवी राजन विश्वकर्मालाई सम्मान गरिनुका कारणहरु प्रकाश पार्दै नेपाल विश्व सहयोग संघ एनएजिसिका संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले उनले गरेका ती आदर्श कामहरुमा संस्थाहरुको सक्दो सहयोग रहने कुरा बताइन्।

सो कार्यक्रममा द्वन्दपीडित र अनाथ वाल बालिकाहरुलाई मदर राजनले कसरी सहयोग पुर्याईरहेका छन् भन्ने बारेमा तथा उनको जीवन संघर्ष र योगदान बारे बनाईएको डकुमेन्ट्री प्रदर्शन गर्दा उपस्थित सहभागीहरु भाव विभोर भएका थिए।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष धनञ्जय नर सिंह केसी, शिक्षाविद डा. आमोद पोखरेल, समाजसेवी विद्या सागर योञ्जन, नान्सका पूर्व अध्यक्ष डिकेन्द्र मास्के, लायन्स क्लब अफ बर्क्ली लाली गुराँसका चार्टर प्रेसिडेन्ट निर्मल फुँयाल, नान्सका पूर्व अध्यक्ष यान राई, आयोजक संस्था हिमालयन फाउन्डेसनका अध्यक्ष तथा नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष यज्ञलाल श्रेष्ठले आ–आफ्नो मन्तव्य राखी सम्मानित व्यक्तित्वप्रति बधाई तथा शुभ कामना व्यक्त गरेका थिए।

कार्यक्रमका आयोजक संस्थाहरु नेपाली जन सम्पर्क समिति अमेरिका, उत्तर क्यालिफोर्निया, गिरिजाप्रसाद कोइराला फाउन्डेसन, एनआरएन सिसियुएसए क्यालिफोर्निया च्याप्टर, द व्हाइट जोन इन्टरन्यास्नल क्यालिफोर्निया च्याप्टर, वेष्ट अमेरिका नेपाली महासंघ, नेपाल असोसियसन फर ग्लोबलको अपरेशन, हिमालयन फाउनडेसन कोर्प, निलकृष्ण जसोदा, फाउनडेसन तथा गोर्खा अमेरिका सम्पर्क समितिका अध्यक्ष प्रतिनिधि, एनबिएनसीका अध्यक्ष तथा आयोजक संस्था निलकृष्ण जसोदा फाउन्डेसनका अध्यक्ष ईश्वर सिटौलालगायत महत्वपूर्ण व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति थियो।

सो कार्यक्रमका आयोजक संस्था र पछि जनजाति महासंघको कार्यक्रमका साथै रोशन सुवेदीको तर्फबाट गरी कूल २२ सय डलर मदर राजनको सत्प्रयासको कदर स्वरुप प्रदान गरिएको छ। सम्मानित राजन विश्वकर्माले हर्षका आँसु साथ आयोजक संस्थाहरु तथा दाताहरुप्रति आभार प्रकट गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *